भरतपुर,७ जेठ । विश्व मौरी दिवस अवसर पारेर ईभरग्रिन ईको क्लबले मौरी कृषकहरुसंग अन्तरकृया कार्यक्रम सम्पन्न गरेका छ । मौरी प्रकृतिको एक अभिन्न अंग हो, जसले फुलहरुको पराग सेचन गरी रुख-बिरुवाहरुमा फल लाग्न र बंश बृद्धि गर्न सहयोग गर्दछ । मौरी बिभिन्न चराचुरुन्गि र सरिसृपहरुको आहारा पनि हो, जसले पारिस्थितिकी प्रणाली (Eco System) र जैविक बिबिधता (Bio Diversity) कायम राख्न ठुलो भुमिका खेल्दछ ।साथै यसले उत्पादन गर्ने मह भालु जस्ता जंगली जनावर र हामि मानिसले पनि उपभोग गर्दछौ । तर पनि हामि मानिसले बढाएको फोहोरमैला र प्रदुषणका कारण मौरीहरुको संख्यामा गिरावट आएको छ, जसको फलस्वरुप समस्त प्राणी जगतकै अस्तित्व खतरामा पर्ने देखिन्छ ।
यसै बिषयमा हिजो शनिबार ईभरग्रिन ईको क्लबले चितवनको पदमपुर-लंकालाईनका मौरी कृषकहरुसंग अन्तरकृया गरेको छ । जसमा मौरी पालन पेशा निकै नै मिहेनतको काम भएको मौरी कृषकहरुले बताउनु भएको छ ।
मौरीले प्रकृतिकै स्याहार,सम्भार गर्ने र महले स्वास्थ्यमा फाईदा पुर्याउने भएकाले यस पेशालाई प्राथमिकता दिईनुपर्ने तथा प्रकृतिक महका बारेमा आम उपभोक्ताहरु अनबिग्य भएकाले बजारीया मिलावटी महको सेवनले स्वास्थ्यमा हानिकारक असर पर्ने गरेको मौरी कृषकहरुले बताउनु भयो ।
साथै, अहिले वन बिनासको क्रम बढेकाले सिसौ,च्युरी,चिलाउने जस्ता रुखहरु न्युन संख्यामा हुनाले मह उत्पादनमा कमि आएको र मौरी चरन गराए बापत सामुदायिक वनहरुले उल्टै शुल्क लिनेगरेको उहाँहरुको गुनासो रहेको थियो ।
विश्वमा मौरीको संख्या घटिरहेको अवस्थामा, मौरी पालन पेशाले तोरी तथा बिभिन्न फलफुल खेतिहरुमा सहयोग पुर्याउने हुनाले, हामिजस्ता वातावरण र प्रकृति सम्बन्धि काम गर्ने संघ(संस्थाहरुले मौरीलाई असर पुर्याउने वातावरणिय प्रदुषण कम गर्न जनचेतना फैलाउनुपर्ने र बृक्षारोपणका कार्यक्रमहरु गरी मौरी मैत्रि रुख-बिरुवाहरु रोप्नुपर्ने सुझाब कृषकहरुले दिनुभएको थियो ।
Discussion about this post