काठमाण्डाै,७ जेठ । पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वी रुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २ बजेर ५९ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।
नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको उच्च जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।यसअघि वैशाख २८ गते बाजुराको बिछ्या केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
वैशाख महिनामा मात्रै बाजुरा केन्द्रविन्दु भएर ६ पटक भूकम्प गएको तथ्याङ्क छ ।
Post Views: 306
Discussion about this post