3pl Addiction Helpline America addictionhelplineamerica

चितवनमा ग्यास बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु,एक घाइते

खबर चितवन

खबर चितवन

चितवन, ७ जेठ । पूर्वपश्चिम राजमार्ग अन्तरगत चितवनको टिकौली जंगलमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

आज (आइतबार) भरतपुर महानगरपालिका–१२, स्थित टिकौली जंगल ग्यास बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा भरतपुर–११ का स्कुटर चालक २० वर्षीय सागर तामाङको मृत्यु भएको हो । तामाङको उपचारको क्रममा दिउँसो १२ः३० बजे भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

त्यस्तै स्कुटर पछाडी सवार भरतपुर–११ का २० वर्षीय बिशान्त ढकालको अवस्था गम्भीर रहेको छ । उनको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । विहान ११ः४० बजेको समयमा टाँडीबाट भरतपुर तर्फ आउँदै गरेको ना ४ ख ६६७४ नम्बरको ग्यास सिलिण्डर लोड ट्रकले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००२प ७६८८ नम्बरको स्कुटरलाई पछाडीबाट ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार ट्रक चालक तनहुँ घुमाउने बस्ने ५० वर्षीय ढकबहादुर गुरुङ नियन्त्रणमा लिईएको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...