3pl Addiction Helpline America addictionhelplineamerica

इन्डियन प्रिमियर लिग : कोलकातालाई एक रनले हराउँदै लखनउ आईपीएल क्रिकेटको प्ले अफमा

खबर चितवन

खबर चितवन

काठमाण्डाै,७ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति सम्पन्न दोस्रो खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध एक रनको रोमाञ्चक जित निकाल्दै लखनउ सुपर जायन्ट्सले प्लेअफमा स्थान पक्का गरेको छ ।

इडेन गार्डेनमा भएको रोमाञ्चक खेलमा कोलकाता एक रनले पराजित भयो । टस हारेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । उसका लागि निकोलस पूरनले ५८ रन बनाए ।यस्तै क्विन्टन डी ककले २८, प्रेरक मन्डकले २६, आयुश बडोनीले २५ र कृष्णप्पा गौतमले ११ रन थपे ।

कोलकाताका शार्दुल ठाकुर, सुनिल नारिन र वैभव अरोराले समान दुई विकेट लिए । हर्शित राना र वरुण चक्रवर्तीले एक-एक विकेट लिए ।

१ सय ७७ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनायो ।उसका रिंकु सिँहले अविजित ६७ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । जेसन रोयले ४५ रन जोडे ।

लखनउका रवि बिश्नोई र यश ठाकुरले २/२ विकेट लिए । लखनउ १४ खेलमा १७ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । प्ले अफबाट बाहिरिएको कोलकाताको १४ खेलमा १२ अंकका साथ तालिकाको सातौँ स्थानमा छ ।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...