Advertise here

हेर्नुहोस २०८० जेठ ६ गते शनिबारको राशिफल

खबर चितवन

खबर चितवन

२०८० जेठ ६ गते शनिबार,२० मे २०२३। जेठ शुक्ल प्रतिपदा पञ्चाङ्ग: अतिगंड किंस्तुघ्न कृत्तिका , गोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका लागि आजको दिन राम्रो रहन सक्छ । मेलमिलाप तथा मिठोमसिनो खाने समय छ। आयआर्जन तथा व्यवसायिक क्षेत्रमा सामान्य लाभ होला। पठनपाठनको क्षेत्र राम्रो रहन सक्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज आत्मबल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै रोकिएका कामहरु बन्ने, नयाँ कार्य गर्ने अवसर मिल्नेछ । प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ । पढाईको क्षेत्र राम्रो छ भने शेयर बजारबाट पनि लाभ लिन सकिने समय छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूका लागि आज स्वास्थ्य कमजोर रहन सक्ने, शत्रुहरु आफुभन्दा बलवान् हुने, खर्चको मात्रा बढ्ने, काममा ढिलासुस्ती हुने तथा अनावश्यक विवाद हुन सक्ने भएकाले सचेत हुनुपर्ने समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशि भएकाहरूका लागि आज आयआर्जन बढ्ने, रोकिएको धन प्राप्त हुन सक्ने, नयाँ लगानीको वातावरण बन्न सक्ने, परिवारको साथ रमाइलो गर्न सकिने, स्वास्थ्य पनि अनुकुल रहने समय छ। शेयर बजारबाट पनि लाभ लिन सकिन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएकाहरूका लागि आज सन्तुष्टि र मानसिक तनाव कम हुनेछ। रोकिएका कार्यहरु सफल हुनुका साथै नयाँ कार्यको थालनीको लागि समय शुभ छ। आर्थिक क्षेत्र सबल रहनेछ। पारिवारिक वातावरण आनन्दित रहन सक्छ। पढाईमा सफलता तथा शेयर बजारबाट लाभ मिल्ने समय रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज सामाजिक तथा धार्मिक कार्यमा ध्यान दिँदा कार्य सफल हुन सक्छ। स्वास्थ्य सामान्य नै रहनेछ। आर्थिक तथा व्यवसायिक क्षेत्र सामान्य रुपमा अगाडि बढ्न सक्छ। पारिवारिक आनन्द कायम रहनेछ। पढाईमा उचित ध्यान दिंदा सफलता मिल्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज मन चन्चल तथा अशान्त रहन सक्छ। खर्चको मात्रा बढ्नुका साथै स्वास्थ्य पनि कमजोर रहन सक्छ। परिवार वा आफन्तसँग विवाद हुन सक्छ। चोटपटक लाग्न सक्ने भएकाले सतर्क रहन आवश्यक छ। विद्यार्थीले पढाईमा ध्यान दिन आवश्यक छ। शेयर बजारमा कारोबारको लागि समय उचित छैन।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज पति वा पत्नीबीच रहेको असमझदारी हटेर सम्बन्ध सुधार हुन सक्छ। साझेदारी कामबाट लाभ लिन सकिन्छ। व्यवसाय बढ्नुका साथै आम्दानी पनि बढ्न सक्छ। पढाईको क्षेत्र पनि आज राम्रो रहन्छ भने शेयर बजारबाट मध्यम लाभ लिन सकिन्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि भएकाहरूका लागि आज सानो प्रयासले महत्वपूर्ण काममा सफलता मिल्नेछ। जोश, जागर बढ्नुका साथै समयले राम्रो साथ दिने देखिन्छ ।आर्थिक लाभ हासिल हुन सक्ने देखिन्छ । व्यवसाय पनि राम्रो हुन सक्छ। पठनपाठनमा सुधार हुनेछ। शेयर तथा अन्य आर्थिक कारोबारबाट नाफा लिन सकिन्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरूको उदय हुनेछ । दाम्पत्य जीवन सुखमय हुन सक्छ भने विद्या, बुद्धिको विकास हुनेछ ।  पारिवारिक सहयोग प्राप्त हुन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि भएकाहरूका लागि आज अनावश्यक विवादमा समय व्यतित हुन सक्छ।आज मानसिक तनाब बढ्न सक्छ भने खर्च पनि केहि मात्रामा बढ्न सक्छ। विद्यार्थीले पढाई बढी ध्यान दिनुपर्छ। आज व्यर्थको यात्रा वा भागदौड हुन सक्छ। आर्थिक कारोबार आज कम गर्दा राम्रो हुन्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज समय उत्तम रहन सक्छ। प्रशासनिक कामहरु आज बन्न सक्छन्। आफ्नो मानसम्मान तथा कीर्ति बढ्ने किसिमको काम गर्न सकिन्छ। दाजुभाई तथा सहकर्मीको सहयोग पनि मिल्न सक्छ। पारिवारिक क्षेत्र आज राम्रो रहन सक्छ। पढाईमा पनि आज ध्यान जान सक्छ। शेयर बजारबाट नाफा आर्जन गर्न सक्ने शुभ समय छ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्। विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल,...

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

काठमाडौँ । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६...

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म...