3pl Addiction Helpline America addictionhelplineamerica

गर्मीमा कागती पानीमा पुदिना राखेर पिउनुका फाइदा

खबर चितवन

खबर चितवन

काठमाडौं,६जेठ । कागती र पुदिना दुबैमा पोषक तत्व भरपूर मात्रामा पाइन्छ, जसले स्वास्थ्य सम्बन्धी हुने धेरै समस्याहरुलाई कम गर्न सहयोग गर्दछ । यस मिश्रणले बनेको पानी पिउँदा शरीरलाई गर्मीबाट हुने समस्याहरुबाट पनि जोगाउँछ । कागती पानीमा पुदिना राखेर पिउँदाका फाइदाहरु जान्नुभयो भने तपाईं पनि आजैदेखि यो पेय पदार्थ पिउन थाल्नुहुनेछ ।

कागती र पुदिनाको मिश्रणबाट बनेको पानीको सेवन गर्नाले शरीरमा जम्मा भएका खराब तत्वहरु बाहिर निस्कन्छन् । शरीर डिटक्स हुँदा छाला सम्बन्धी पनि कैयौं समस्याहरु निको हुँदै जान्छ ।

गर्मी मौसममा यसलाई नियमित पिउने गरेमा शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि बढ्दै जान्छ । गर्मीमा धेरै आलस्य तथा कमजोरी महसुस हुने गर्दछ । यस्तो अवस्थामा कागती र पुदिना मिसाएको पानी पिउँदा एकदमै फाइदा गर्दछ ।

गर्मी मौसममा हुने पाचन सम्बन्धी समस्याबाट पनि छुट्कारा पाउनका लागि यो पानी एकदमै फाइदाजनक हुन्छ । पेट पोल्ने तथा छाती पोल्ने जस्तो समस्याबाट छुटकारा पाउनका लागि पनि यो पानी एकदमै फाइदाजनक हुन्छ । यसले शरीरलाई शितल बनाउने काम गर्दछ ।

गर्मी मौसममा तापक्रम नै अत्यधिक तातो हुने भएकाले हाम्रो शरीरमा पनि धेरै नै गर्मी महसुस हुने गर्दछ । जसलाई चिसो बनाउनका लागि कागती पानीमा पुदिना राखेर पिउन सकिन्छ ।
गर्मीमा विशेषगरी डिहाइड्रेशनको समस्या अत्यधिक हुने गर्दछ । जसबाट बच्नका लागि यो पानी एकदमै फाइदाजनक छ । डिहाइड्रेशनबाट हुने कमजोरी तथा थकानलाई टाढा भगाउने काम गर्दछ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...