3pl

इन्डियन प्रिमियर लिग : राजस्थानले पन्जाबलाई ४ विकेटले हरायो

खबर चितवन

खबर चितवन

काठमाडौं,६ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किंग्सलाई ४ विकेटले हराएको छ ।हिमाञ्चलको धर्मशाला क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रन बनायो । उसका लागि अविजित रहेका साम करनले ४९ तथा शाहरुख खानले ४१ रन बनाए ।

यस्तै, जितेश शर्माले ४४, अर्थव ताडेले १९ र कप्तान शिखर धवनले १७ रन जोडे । राजस्थानका लागि नवदीप सैनीले ३, ट्रेन्ट बोल्ट र एडम जाम्पाले १/१ विकेट हात पारे ।

पञ्जाबले दिएको १ सय ८८ रनको लक्ष्य राजस्थानले १९.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । उसका लागि देवदत्त पाडिक्कल र यशस्वी जैसवालले अर्धशतकीय पारी खेले । ३० बलको सामना गरेका पाडिक्कलले ५ चौका र ३ छक्काको सहयोगमा ५१ रन बनाए । यस्तै, जैसवालले ३६ बलमा ८ चौकासहित ५० रनको इनिङ खेले ।

शिमरोन हेटमायरले ४६, रियान परागले २० र ध्रुव जुरेलले अविजित १० रन जोडे । पञ्जाबका लागि कागिसो रबाडाले २, राहुल चाहर, नाथन एलिस, अर्शदीप सिंह र साम करनले १/१ विकेट लिए ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...