काठमाडौं,६ जेठ । चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । शनिबार भएको आफ्नो लिग चरणको अन्तिम खेलमा दिल्ली क्यापिटल्समाथि ७७ रनको सानदार जित निकाल्दै चेन्नईले प्लेअफ यात्रा तय गरेको हो ।
घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो ।उसका लागि देवन कन्वेले ८७ र ऋतुराज गायकवाडले ७९ रन बनाए ।यस्तै, शिवम दुबेले २२ तथा जडेजाले २० रन जोडे ।दिल्लीका खालिल अहमद, एनरिच नोर्जे र चेतन शकारियाले समान एकएक विकेट लिए ।
चेन्नईले दिएको २ सय २४ रनको लक्ष्य पछ्याएको दिल्लीले ९ विकेट गुमाएर १ सय ४६ रन मात्रै बनायो । उसका लागि डेविड वार्नरले सर्वाधिक ८६ रन बनाए ।यस्तै,अक्षर पटेलले १५ रन तथा यश दुलले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् । चेन्नईका दीपक चाहरले ३ विकेट तथा महेश थिक्सना र माथिसा पाथिरानाले समान २/२ विकेट लिए ।
Discussion about this post