हेर्नुहोस २०८० जेठ ५ गते शुक्रबारको राशिफल

खबर चितवन

खबर चितवन

२०८० जेठ ५ गते शुक्रबार,१९ मे २०२३। जेठ कृष्ण औंसी पञ्चाङ्ग: शोभन चतुष्पद भरणी , बटसावित्री व्रत/शनि जयन्ती

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका आज लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानशिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । आज रोकिएका सबै काम पूरा हुनेछन् तर समयको सही उपयोग अवश्य गर्नुहोला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज गरेको लगानीबाट नोक्सानी हुनसक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला । अनावश्यक विवाद नगर्दा राम्रो होला। यात्रामा जाँदा विशेष सजग हुन आवश्यक छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूका लागि आज व्यपारमा सबै प्रकारले लाभ मिल्नेछ । स्वास्थ्यले पनि राम्रो साथ दिनेछ । उठ्नुपर्ने रकम उठ्नेछ । राम्रो मुनाफा बढ्ने काममा लगानी गर्नुभएमा राम्रो परिणाम पाइनेछ । घरमा नयाँ  समान किनमेल हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशिका लागि आज अरु काम तपाईंले सोचेअनुसार सफल हुनेछन् । त्यसैले जे काम गर्नुछ, आज थालनी गर्नुभएमा राम्रो हुनेछ । आर्थिक कामहरु सफल हुनेछन्। मानसम्मान प्राप्त हुन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएकाहरूका लागि आज शैक्षिक क्षेत्रका कामहरु सफल हुन सक्छन् भने विद्यार्थीले पढाईमा राम्रो नतिजा प्राप्त गर्न सक्छन्। सामाजिक काम तथा परोपकारिक काम गर्दा राम्रो होला। आर्थिक तथा व्यवसायिक क्षेत्र सामान्य रहन सक्छन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज मानसिक चिन्ता बढ्न सक्छ । घरमा तथा परिवारका लागि अनावश्यक खर्च हुने अवस्था छ । नयाँ कामको सुरुवात तथा लगानीको लागि आज समय राम्रो छैन। विद्यार्थीले पढाईमा अलिक बढी मेहनत गर्नुपर्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज व्यवसाय गर्नेहरुले राम्रो नाफा कमाउन सक्छन्। उचित ठाउँमा गरिएको लगानीले राम्रो प्रतिफल पाउँन सकिन्छ। परिवारको साथमा घुमघाम वा रमाइलो समय व्यतित गर्न सकिन्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज पहिले गरिएको लगानीबाट राम्रो प्रतिफल मिल्न सक्छ। शत्रुहरु पछि हट्नेछन्। परिवारको साथ समय व्यतित गर्न सकिनेछ। टाढाबाट धन आउने, नयाँ  काममा लगानी गर्न मन लाग्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि भएकाहरूका लागि आज सामाजिक काममा लाग्दा मानसम्मान प्राप्त गर्न सकिन्छ। धार्मिक क्षेत्रमा पनि रुचि लिंदा राम्रो हुन्छ। आज आर्थिक क्षेत्र तथा व्यवसाय भने सामान्य रहन सक्छ। शैक्षिक क्षेत्रका कामहरु सफल हुनेछन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज विना प्रयोजनको यात्रा हुन सक्छ भने अनावश्यक धन खर्च हुन सक्ने भएकाले ध्यान दिनुहोला। स्वास्थ्य पनि कमजोर रहन सक्छ, त्यसैले स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। अनावश्यक काम र विवादमा समय व्यतित हुन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भराशि भएकाहरूका लागि आज साथीभाई, सहकर्मी तथा आफन्तको सहयोग प्राप्त हुन सक्छ। आयआर्जन राम्रो रहन्छ। स्वास्थ्य राम्रो रहने र काम गर्ने जोश आउँछ।   आज पढाईलेखाई, परीक्षा र प्रयोगात्मक कार्यमा ठूलो सफलता मिल्ने देखिन्छ । आकस्मिक धन, मान र काम प्राप्त गर्ने योग परेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज आफन्त, साथीभाई तथा सहकर्मीसँग विवाद हुन सक्ने भएकाले ध्यान दिनुपर्छ। आज मिठो भोजन प्राप्त हुन सक्छ। धनको क्षेत्र सामान्य रहन्छ। स्वास्थ्य मध्यम रहन सक्छ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...