3pl Addiction Helpline America addictionhelplineamerica

हात्ती प्रजनन् केन्द्रमा ४१ हात्ती जन्मिए

खबर चितवन

खबर चितवन

चितवन,५ जेठ । चितवन राष्ट्रिय निकुञ्जमा रहेको हात्ती प्रजनन् केन्द्र खोरसोरमा ४१ वटा हात्ती जन्मिएका छन् । विसं २०४४ मा प्रजनन् केन्द्र स्थापना भएयता ती हात्ती जन्मिएका हुन् । विसं २००६ देखिका हात्तीहरु अहिले खोरसोरमा रहेका छन् ।

खोरसोरमा रहेका ५५ वटा हात्तीमध्ये पाँच वटा विदेशबाट ल्याइएका हुन् भने अन्य नेपालमा नै जन्मिएका हात्ती रहेका हुन् । राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार भारतबाट ल्याइएका चार वटा र थाइल्याण्डबाट ल्याइएको एउटा हात्ती अहिले खोरसोरमा रहेका छन् । नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट दुई, सर्लाहीबाट चार र कोशीटपुबाट तीन हात्ती ल्याइएको उनले बताए ।

निकुञ्जमा विसं २०४४ मा हात्ती प्रजनन् केन्द्र खोरसोर स्थापना भएको हो । त्यसभन्दा अघि देखिका हात्ती अहिले खोरसोरमा रहेको उनले बताए । निकुञ्जको खोरसोरमा रहेका हात्तीमध्ये अहिले चार वटा बृद्धावस्थाका रहेका छन् भने अन्य एक वर्षदेखि माथिका रहेका छन् । तत्कालीन समयमा राजपरिवार सिकार खेल्न आउँदा प्रयोग गरिएका हात्ती निकुञ्जमा रहेको उनले बताए । उनले भने, “खोरसोर स्थापना हुनुअघि राजपरिवार सिकार खेल्न आउँदा प्रयोग गरिने हात्ती छन् ।” यहाँ रहेका हात्तीमध्ये ३२ भाले र २३ पोथी हुन् । निकुञ्ज सुरक्षार्थ हात्तीको प्रयोग गर्ने गरिन्छ । जीप जान नसक्ने ठाउँमा हात्तीमा चढेर गस्ती गर्ने गरिन्छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...