3pl

यस्ता तरकारी काँचो खाँदा हुनसक्छ नोक्सान

खबर चितवन

खबर चितवन

एजेन्सी । प्रायः मानिसहरु स्वस्थ हुनका लागि सलादसँगसँगै केही तरकारीहरु पनि काँचो खाने गर्छन् । काँचो सलाद र तरकारी स्वास्थ्यका लागि फाइदाजनक पनि हुन्छ ।

तर, केही फल वा तरकारी काँचो खाँदा नोक्सान पुग्नसक्छ । केही तरकारी काँचो खाँदा रोग पनि लाग्न सक्छ । यसका साथै केही तरकारीहरु काँचो खाँदा पचाउन पनि निकै मुश्किल पर्छ । जसमध्ये यी ६ तरकारी कहिल्यै पनि काँचो खानु हुँदैन ।

१. बन्दा, ब्रोकाउली, काउली
काउली प्रजातीको कुनै पनि तरकारी काँचो खाँदा पेटमा ग्यास बढ्ने र पाचन प्रक्रियामा समेत खराबी आउन सक्छ । काउली, बन्दा वा ब्रोकाउलीमा एक प्रकारको चिनीको मात्रा हुन्छ जुन नपकाइन खाँदा पेटमा घुल्न मुश्किल हुन्छ । त्यसैले यस्ता तरकारी पकाएर खाँदा फाइदाजनक हुन्छ ।

२. च्याउ 
मानिसहरु सामान्यतयाः काँचो च्याउ पनि खाने गर्छन् । च्याउमा धेरै मात्रामा पोषक तत्व पाइन्छ । यसलाई ग्रिल गरेर पनि खान सकिन्छ । च्याउमा पोटाशियमको मात्रा बढी हुन्छ । च्याउ उमालेर कुनै पनि परिकार बनाएर खान सकिन्छ । च्याउ खाँदा नोक्सानभन्दा फाइदा बढी हुन्छ । त्यसलै मसरुम पकाएर वा उसिनेर खाँदा निकै फाइदा पुग्छ ।

३. क्लस्टर सिमी
यसको दानामा एमिनो एसिडको मात्रा पाइन्छ । जुन शरीरका लागि हानिकारक मानिन्छ । त्यसको यसको दाना काँचो खानु हुँदैन । यसको दाना राम्रोसँग धुनुहोस् र राम्रोसँग पकाउनुस् ।

४.राजमा वा सिमी
राज्मा वा कुनै पनि सिमी नपकाइकन नखानुहोस् । यस्ता गेडागुडी काँचो खाँदा बान्ता हुनसक्छ । काँचो गेडागुडीमा टक्सिन, ग्लाइकोप्रोटिन ल्याक्टिन जस्ता तत्वहरु पाइन्छ । त्यसले यस्ता गेडागुडी कम्तीमा ५ घण्टा भिजाएर पकाएर खानुपर्छ ।

५. भान्टा
काँचो भान्टा खाँदा पेटमा नोक्सान पुर्याउने, बान्ता हुने, चक्कर लाग्ने र पेटमा ऐठन पैदा गर्ने जस्ता समस्या गर्छ । यसमा पाइने सोलनिन न्युरोलोजिकल र ग्यास्ट्रो इन्टेस्टाइनल जस्ता रोगका लक्षण पैदा गर्न सक्छन् । त्यसैले यसलाई सधैँ पकाएर खाने गर्नुस् ।

६. आलु
तरकारीको राजा आलु धेरै मात्रामा खाँदा शरीरलाई नोक्सान पनि पुग्छ । आलुमा पाइने सोलानाइन नामक टक्सिनले पेटमा ग्यास, बान्ता, टाउको दुखाई र पाचन सम्बन्धी समस्या पैदा गर्छ । त्यसैले आलु कहिल्यै काँचो खान हुँदैन ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...