भरतपुर २० को लक्ष्मी देवि दुग्ध सहकारी र भरतपुर १५ को किसान कल्याण दुग्ध सहकारी पाए मिल्क एनालाईजर

खबर चितवन

खबर चितवन

चितवन,५ जेठ । भरतपुर महानगरपालिकाले २ वटा दुग्ध सहकारीलाई मिल्क एनालाईजर हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहकारीलाई मिल्क एनालाईजर सेट हस्तान्तरण गर्नुभएको हो ।

भरतपुर २० को लक्ष्मी देवि दुग्ध सहकारी र भरतपुर १५ को किसान कल्याण दुग्ध सहकारीलाई मिल्क एनालाईजर सेट हस्तारण गरिएको महानगर सहकारी शाखा प्रमुख रामबाबु पौडेलले जानकारी दिनुभयो । सेटमा डिजिटल तराजु, कम्प्युटर, प्रिन्टर, ईन्भटर तथा एनालाईजर उपकरण पनि हस्तान्तरण गरिएको छ ।

भरतपुर महानगरपालिकाको निर्देशिका अनुसारा उत्पादनमा आधारित सहकारीलाई मागको आधारमा उपकरणहरु दिने व्यवस्था मिलाईएको छ ।
सहकारीहरुले यस अघि प्रयोग गर्ने ल्याक्टो मिटरले दूधको शुद्धता मापन गर्न धेरै समय र झन्झटिलो हुने गरेको थियो । मिल्क एनालाईजरको प्रयोगबाट तुरुन्तै दूधको शुद्धता, पानीको मात्रा, फ्याट, प्रोटिनलगायतको पत्ता लगाउन सकिन्छ । यो उपकरणको प्रयोगले कृषकले दूधको गुणस्तर अनुसार मूल्य पाउँछन् ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...