3pl Addiction Helpline America addictionhelplineamerica

भरतपुर कारागारमा बजेट अभाव,एनएमएसआरएले गर्यो औषधि हस्तान्तरण

खबर चितवन

खबर चितवन

चितवन,५ जेठ  । कारागार कार्यालय भरतपुरमा बजेट अभावका कारण बिरामी कैदीबन्दीलाई औषधि किन्न समस्या भएपछि नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ नारायणगढ इकाइले औषधि सहयोग गरेको छ । इकाइले विभिन्न ३१ प्रकारका औषधि आज कारागार प्रशासनलाई हस्तान्तरण गरेको हो ।

इकाइका अध्यक्ष धर्मदत्त दबाडीले कारागार प्रमुख कमल आचार्यलाई औषधि हस्तान्तरण गर्नुभएको हो । विगत एक महिना १५ दिनदेखि कारागार प्रशासनमा औषधिको अभाव हुँदै आएको समाचार प्रकाशन भएसँगै इकाइले रु एक लाख ५० हजार बराबरको औषधि हस्तान्तरण गरेको हो । दीर्घरोगी र अन्य बिरामीका लागि आवश्यक औषधिसमेत खरिद गर्न नसक्ने अवस्थामा कारागार प्रशासन पुगेको आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले बिरामीलाई औषधि पु¥याउन मुस्किल परेको छ ।” कारागार विभागले अघिल्लो वर्षको तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो ।”

कारागारमा हाल ४७ जना महिला चार जना नाबालक/नाबालिकासहित सात सय ५६ जना कैदीबन्दी छन् । तिनीहरुमध्ये दुई सय हाराहारी दीर्घरोगी छन् । आचार्यका अनुसार उनीहरु उच्च रक्तचाप, मधुमेह, थाइराइड, क्यान्सर, मिर्गौल जस्ता दीर्घरोग भएकाहरु छन् । उनीहरुलाई नियमित औषधि खुवाउनुपर्ने हुन्छ ।

यसका अतिरिक्त समय समयमा कैदीबन्दी बिरामी पर्दा औषधि किन्नुपर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार कारागार विभागले औषधि उपचारका लागि चालु आर्थिक वर्षका लागि रु १२ लाख मात्रै बजेट पठाएको छ ।

अघिल्लो वर्ष रु २५ लाख पठाएको थियो । त्यसभन्दा अघिल्लो वर्ष रु ४८ लाख पठाएको जनाउँदै उहाँले बजेट घट्दै जाँदा कैदीबन्दीलाई औषधि खुवाउन नसक्ने अवस्थामा पुगेको बताउनुभयो । आएको बजेटमा समेत आर्थिक मन्दीका कारण २० प्रतिशत कटौती भएको उहाँले जानकारी दिनुभयो ।

औषधिको चरम अभाव भएपछि रु १५ लाख माग गरेकामा रु दुई लाखमात्रै प्राप्त भएको आचार्यले जानकारी दिनुभयो । कारागारले जिल्ला स्वास्थ्य कार्यालय, भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखासँग समन्वय गरेर केही औषधि जुटाएको छ ।

कारागारमा रहेका आर्थिक अवस्था राम्रो भएकाले आफैँले औषधि किनेर खान थालेका छन् । विपन्नलाई औषधि खान समस्या परेको छ । उहाँका अनुसार सत्तरी प्रतिशत बिरामीको औषधि किनेर खाने क्षमता छैन ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...