दाङको देउखुरीमा दुई बस आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
शुक्रबार बिहान ६ः२० बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका –३ फल्कापुरमा दुई बस आपसमा ठोक्किँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन गौतमका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र पूर्वबाट पश्चिम आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घनामा परी मृत्यु हुनेमा रोल्पाको रुन्टीगढी –७ की ४३ वर्षीया शोभा परियार छिन्। उनका दुई छोरापनि घाइते छन् । परियार बाराबाट इट्टा भट्टामा काम गरेर घर फर्कदै थिइन्।
डिएसपी गौतमका अनुसार दुर्घटनामा २९ जना घाइते भएका छन्। तीमध्ये अधिकांश इँट्टा मजदुर रहेको बताइएको छ।
Post Views: 212
Discussion about this post