3pl Addiction Helpline America addictionhelplineamerica

आज शनि जयन्ती

खबर चितवन

खबर चितवन

काठमाण्डौं,५ जेठ । आज शुक्रबार शनिको बिशेष दिनका रुपमा मानिने शनि जयन्ती परेको छ । ज्येष्ठ कृष्ण औँशीको दिन शनि जयन्तीको रूपमा मनाउने गरिन्छ । मानिन्छ कि यस दिन शनिदेवको पूजा एवं आराधना गर्नाले सम्पूर्ण शनिको ग्रहजन्य दुश्प्रभाव र अशुभफल नाश भई मनोवाञ्छित शुभफल मिल्ने शास्त्रीय कथन छ ।

यस दिन शनिलाई प्रसन्न पार्न सकेमा शनिको दोष निवारण हुने र शनि प्रसन्न भई संकटमुक्त भइने धार्मिक मान्यता छ ।तसर्थ शनि जयन्तीका दिन शनिको उपासना एवम् बिभिन्न उपायका काम गर्नुपर्दछ ।

शनिको दुष्प्रभावले अनेकौं समस्या झेलिरहेका छन्, उनीहरूका लागि शनि जयन्ती कल्याणकारी अनि रामवाण सिद्ध हुन सक्छ । जसको जन्म कुन्डली, वर्ष कुन्डली, गोचरदशा, महादशा, अन्तरदशा, प्रत्यान्तरदशा, सुक्ष्मप्रत्यान्तरदशा, अढैया, साढ़ेसाती आदिमा शनिको कुदृष्टि भई अप्रिय फल एवम् आफ्नो भाग्यमा रोकावटका साथै अनेकन समस्याहरूबाट पीडित हुनेहरूलाई शनि जयन्तीका दिन शनिदेवलाई प्रशन्न पार्न सके मनोवाञ्छित फल मिल्ने शास्त्रोक्त कथन छ ।

को हुन् शनिदेव ?
शनिदेव भगवान् सूर्य र छाँयाको पुत्र हुन् । शनिलाई सौर्यमण्डलको सबैभन्दा टाढाको ग्रह र बृहस्पतिपछिको सबैभन्दा ठूलो ग्रह मानिन्छ । शनि तुला राशिमा उच्च र मेष राशिमा नीच हुन्छ । कुण्डलीमा तेस्रो, सातौँ र दशौँ स्थानमा शनिको पूर्णदृष्टि रहन्छ । बुध र शुक्र शनिका मित्रग्रह हुन् । बृहस्पति सम हो भने सूर्य, चन्द्र र मंगलग्रह शत्रु हुन् । शनि ग्रह वायु तत्व र पश्चिम दिशाका स्वामी हुन् ।

शनिको अधिदेवता प्रजापति र प्रत्यधिदेवता यम हो । शनिको वर्ण कृष्ण छ । शनिको शीरमा स्वर्ण–मुकुट र निलो वस्त्र धारण गर्नुभएको उहाँ गिद्दमा सवारी गर्नुहुन्छ ।

शनिको पौराणिक मन्त्र

ऊँ ह्रिं नीलांजनसमाभासं रविपुत्रं यमाग्रजम ।
छाया मार्तण्डसम्भूतं तं नमामि शनैश्चरम् ।।

शनिको वैदिक मन्त्र

ऊँ शन्नोदेवीर – भिष्टयऽआपो भवन्तु पीतये शंय्योरभिस्त्रवन्तुनः ।

शनिको तान्त्रिक मन्त्र

ऊँ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः ।

शनिको मुख्य मन्त्र

ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः ।

शनिको सामान्य मन्त्र

ॐ शं शनैश्चराय नमः ।

शनि गायत्री मन्त्र
ऊँ भगभवाय विद्महैं मृत्युरुपाय धीमहि तन्नो शनिः प्रचोद्यात् ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...