मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि भएकाहरूको आज टाढाबाट धन आउने, नयाँ काममा लगानी गर्ने समय छ । मनमा एकप्रकारको ढुक्कपन रहनेछ भने कामहरु सहज रुपमा सफल हुनेछन् । परिवारका सदस्यहरूबाट सकारात्मक सहयोग हुनेछ । सबै काम सुख र सुविधाका साथ सम्पन्न गर्न सकिनेछ तर समयको सही सदुपयोग अवश्य गर्नुहोला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष राशि भएकाहरूका लागि आज मनमा विना कामका चिन्ताले सताउनेछन् । आँफु अपमानित हुनुपर्ने ठाउँमा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिहरूसँग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु त्यति उचित हुँदैन। खर्चमा नियन्त्रण गर्न आवश्यक छ। वादविवादबाट टाढा रहँदा राम्रो हुन्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिथुन राशि भएकाहरूका लागि आज कसैले लगेको धन फिर्ता गर्न आउनेछन् । आफूलाई पनि नाम र कृति बढ्ने काममा लगानी गर्न मन लाग्नेछ । घरमा नयाँ सामानहरू किन्ने र घर सजाउनेमा विशेष चाहना यो हप्ता हुने देखिन्छ । मनमा एक प्रकारको सहयोगी भावना पलाउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशि भएकाहरूको आज नयाँ कामको सुरुवात गर्ने समय रहेको छ। साथीभाईको सहयोग प्राप्त हुन सक्छ। आर्थिक क्षेत्र पनि सबल रहन सक्ने समय छ। अध्ययनको क्षेत्र राम्रो रहन सक्छ। आज पारिवारिक सम्बन्ध पनि राम्रो रहन्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशि भएकाहरूका लागि आज स्वास्थ्य भरपर्दो नरहन सक्छ । पुराना साथीले व्यर्थैको विवाद गर्न सक्छन्। आज जताबाट पनि समस्या आइलाग्ने देखिन्छ । आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ । चनाखो भर्ई सकेसम्म खर्च जोगाउनु नै राम्रो हुनेछ । समय खराब रहेकाले टाढाको यात्रा गर्नु ठीक छैन ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशि भएकाहरूको आज गरेका कामहरुमा बिघ्नबाधा आउन सक्छ। अलिक धेरै प्रयासबाट काम बनाउन सकिन्छ। अनावश्यक विवाद सिर्जना गरेर अरुले दुख दिन सक्ने भएकाले सचेत रहनुपर्छ। पढाई रुचि नलाग्न सक्छ। पारिवारिक वातावरण सामान्य रहन्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशि भएकाहरूका लागि आज इज्जत, प्रतिष्ठा बढ्ने ठाउ“मा उपस्थित र सहभागी हुन पाइनेछ । घरमा पारिवारिक सहयोग सबैबाट पाइनेछ । आज विशेष कार्यक्रममा भाग लिने स्थिति आउला भन्न सकिन्छ । शैक्षिक क्षेत्रबाट पनि पुरस्कृत हुन सकिनेछ । समग्रमा आजको समय पनि शुभ रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशि भएकाहरूका लागि आज शिक्षा, सुन, घडेरी, घर बनाउने काम, स्कूलमा लगानी अथवा कुनैपनि शैक्षिक क्षेत्रमा लगानी आज गर्नुभयो भने राम्रो हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । स्वास्थ्यले समेत साथ दिनेछ । समय शुभ छ उपयोग गर्नुहोला । पश्चिम दिशाको भ्रमणमा महत्वपूर्ण काम बन्नेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनु राशि भएकाहरूको आज एक्कासी रोग लाग्ने, खाना नपच्ने, कुनै व्यक्तिसंग झगडा पर्ने, जताबाट पनि नोक्सान मात्रै पर्नेछ । सरकारी कर्मचारीबाट असहयोग, छोराछोरीस“ग विवाद हुनेछ । मनमा व्यर्थैको छट्पटी, यात्रामा खर्चमात्रै, उपलब्धि हात लाग्ने छैन । एक्कासी पेट दुख्ने ग्याष्ट्रिक, शूल, वायुले स्वास्थ्यलाई असर गर्न सक्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मकर राशि भएकाहरूका लागि आज आफ्नै ढिलासुस्ती र मनोवल कम हुँदा हरेक काममा पछि परेको अनुभव गर्नुपर्ने छ । मानसिक अशान्ति, यात्रामा बिघ्नबाधा, स्वास्थ्य भरपर्दो नहुनु, खानामा गडबडी, शोक पर्ने समाचारसमेत सुन्नुपर्नेछ । सतर्क रही कार्य गर्नुहोला । टाढाको यात्रामा जानु पनि ठीक छैन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भराशि भएकाहरूको आज मानसिक शान्ति तथा आरामपूर्वक सोचेका, शुरु गरेका काम सम्पन्न हुनेछन् । तर बोली वचनमा भने संयम राख्नुपर्ने देखिन्छ । होटल व्यवसायी, दूध, नगदेवालीमा संलग्न व्यक्तिलाई आज राम्रो छ । आज साँझपख भने आकस्मिक रूपमा कुनै चोट लाग्न सक्ने छ, ज्यादै सतर्क हुनु आवश्यक छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशि भएकाहरूका लागि आज आफ्नो काममा आफ्नै व्यक्तिहरूले बाधा पार्नेछन । त्यसकारण तपाईको मन अस्थिर हुन सक्नेछ । जुन कार्यक्रममा भाग लिन जानुपर्ने हो त्यसमा छुट्नुपर्ने देखिन्छ । स्वास्थ्य संवेदनशील रहने देखिन्छ । खानामा गडबडी, कसैले मनमा दु:ख लाग्ने कुरा प्याच्च सुनाउन सक्नेछन्, चिन्ता नलिनु वेश हुनेछ ।
Discussion about this post