3pl Addiction Helpline America addictionhelplineamerica

प्रेस युनियन चितवनको नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न

खबर चितवन

खबर चितवन

भरतपुर, ४ जेठ । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनलाई सबैको साझा संगठनको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।नेपाल प्रेस युनियन चितवनको नवौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले युनियनलाई भूइँ मान्छेको कुरा भन्न सक्ने युनियन बनाउनुपर्ने विचार राखे ।

अध्यक्ष लम्सालले प्रेस युनियनलाई नियम, विधि र पत्रकारिताको मर्ममा लाग्न आग्रह गरेका छन् । विधि, विधान भन्दा बाहिर प्रेस युनियन बाहिर नजाने उनको भनाइ थियो । युनियनकर्मीले सबैलाई न्याय गर्नु पर्ने उनले बताए । प्रेस युनियन चितवनको भवनलाई केन्द्रीय तालिमकेन्द्र बनाउन सबैले सहयोग गर्न उनले आग्रह गरे ।

कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारितामा देखिएका समस्या समाधान गर्न नेपाल प्रेस युनियन लाग्नुपर्ने बताए । समाजमा भएका समस्याहरुलाई जस्ताको तस्तै ल्याउन सक्नुपर्ने बताएका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारिताको मर्म र कर्म एक बनाएर जानुपर्ने बताए ।

सो अवसरमा नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, संविधानसभा सदस्य गिता वाग्ले, प्रदेश सभा सदस्यहरु उत्तम जोशी, बिनु रायमाझी पौडेल,माया श्रेष्ठ,नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेल, नेपाली कांग्रेस चितवनका उपसभापति राजिव न्यौपाने, प्रवक्ता अनमोल अधिकारी, प्रेस युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष दिपक आचार्य, मैयादेवी ट्रष्टका अध्यक्ष प्रेमकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष नवराज ढकाल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य प्रकाशमणि ज्ञवालीलगायतले बोलेका थिए ।

कार्यक्रममा नेपाल प्रेस युनियन चितवनको ८ औ जिल्ला अधिवेशनबाट निर्वाचित कार्य समितिबाट उत्कृष्ट सदस्यमा कोषाध्यक्ष विप्लब काफ्लेलाई सम्मान गरिएको थियो । युनियनको नवौं जिल्ला अधिवेशन वैशाख २७ गते सम्पन्न भएको थियो । कार्यक्रम नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा सम्पन्न भएको हो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...