कोल्ड ड्रिंक्स पिउनुका बेफाइदा

खबर चितवन

खबर चितवन

एजेन्सी । कोक, पेप्सी, फ्यान्टा, स्प्राइट, इनर्जी ड्रिंक्सजस्ता कोल्ड ड्रिंक्स नियमित पिएमा हाम्रो शरीरमा चाहिनेभन्दा बढी (सामान्यभन्दा १० चम्चा बढी) सुगर आपूर्ति हुन्छ ।

यसमा हुने फस्फोरिक एसिडका कारण तत्काल गुलियोपनको अनुभव हुँदैन । यद्यपि, यसले शरीरमा तीव्र रूपमा इन्सुलिन उत्पादन गर्छ । सुगर बोसोमा परिणत हुने भएकाले मोटोपनाको समस्या हुने गर्छ ।

त्यस्तै नियमित कोल्ड ड्रिंक्स सेवन गर्ने मानिसमा टाइप टु मधुमेह हुने खतरा उच्च रहन्छ । कोल्ड ड्रिंक्समा चिनीको मात्रा उच्च हुने भएकाले हृदयाघातलगायत मुटुसम्बन्धी विभिन्न रोग लाग्ने सम्भावना हुन्छ ।

यस्ता पेयपदार्थमा मेटल, सिसा, क्रोमियमजस्ता रसायन हुन सक्ने भएकाले आँखाको रेटिना बिग्रिने र पेट तथा मस्तिष्कसम्बन्धी समस्या आउने हुन सक्छ । साथै यसले हड्डीलाई पनि कमजोर बनाउने काम गर्छ ।

फ्रिजमा राखिएको चिसोले नसाको विरामी तथा बाथ भएकाहरुका लागि पनि एकदमै बेफाइदा गर्दछ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ...

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बु । सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने...

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी भाद्र ९, १० र ११ गते विहान ११...