हेटौँडा,३ जेठ । मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट बुधवार एक बालकको मृत्यु भएको छ ।
हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश०३–००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दुई वर्षीय समर लोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ठक्करबाट गम्भिर घाइते भएका उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीले जिप चालकलाई पक्राउ गरेको छ ।
Post Views: 258
Discussion about this post