दर्ता भयो ‘यात्री’ मोटरसाइकल

खबर चितवन

खबर चितवन

काठमाडौं,२ जेठ । नेपालमै उत्पादन भएर पनि विविध कारणले दर्ता हुन नसकेको ‘यात्री’ मोटरसाइकल कम्पनी अन्ततः सोमबार दर्ता भएको छ ।३ वर्षअघि आफ्नो उत्पादन सार्वजनिक गरेको यात्री अन्ततः‘यात्रु डिजाइन स्टुडियो प्रा.लि’ नामले दर्ता भएको हो ।

एकवर्ष अघि नै आफुले उत्पादन गरेको मोटरसाइकल ग्राहकलाई डेलिभरी गरेपनि दर्ता हुन नसकेका कारण बजार विस्तार हुन् नसकेकोमा कम्पनीले दुःख व्यक्त गर्दै आएको थियो ।

कम्पनीले सोमबार राति सामाजिक सञ्जालमार्फत आफ्नो स्पेसियल सिरिजको यात्री पी–१ मोटरसाइकल दर्ता भएकोबारे जानकारी दिएको छ ।

गत वैशाख १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यात्री निर्माण टिमलाई भेटेका थिए । भेटपछि उनले विभागलाई ‘यात्री’ मोटरसाइकल दर्ताका लागि कानुन बनाउन निर्देशन दिएका थिए ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ...

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बु । सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने...

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी भाद्र ९, १० र ११ गते विहान ११...