Advertise here

हेर्नुहोस २०८० जेठ २ गते मङ्गलबारको राशिफल

खबर चितवन

खबर चितवन

२०८० जेठ २ गते मङ्गलबार,१६ मे २०२३। जेठ कृष्ण द्वादशी पञ्चाङ्ग: प्रीति कौलव उत्तरभाद्र

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका लागि आज  समय सामान्य रहन सक्छ। जागिरबाट उचित जस नमिल्न सक्छ। व्यवसाय सामान्य रहनेछ। लगानी तथा शेयर बजारको लागि आज राम्रो दिन छैन। साथीभाई तथा परिवारमा असमझदारी बढ्न सक्छ। अनावश्यक विवादमा नपर्दा राम्रो होला।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज आम्दानी बढ्नुका साथै रोकिएका धन प्राप्त हुनेछ। सरसापट तथा लगानीको लागि पनि समय शुभ छ। शेयर बजारबाट नाफा कमाउन सकिनेछ। विद्यार्थीले पढाईबाट राम्रो नतिजा प्राप्त गर्न सक्छन्। जागिर तथा व्यवसाय पनि आज राम्रो रहन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुनराशि भएकाहरूका लागि आज पुराना रोकिएका कामहरु पनि आज सफल हुन सक्छन्। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्न सक्ने समय छ । व्यापार व्यवसायबाट फाइदा हुनेछ । मानसम्मान प्राप्त गर्ने काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । शेयर बजारबाट लाभ मिल्न सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशि भएकाहरूका लागि आज परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । चिताएको काममा सफलता पाउनु हुनेछ । रोकिएका काम सम्पादन हुन सक्छन् । घरायसी सुखको अनुभूति हुनेछ । शेयर बजारबाट उचित लाभ मिल्दैन। विद्यार्थीले पढाईमा अलिक मेहनत गर्दा राम्रो नतिजा निकाल्न सकिन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएकाहरूका लागि आज स्वास्थ्यमा कमजोरीको महसुस हुन सक्छ। विद्यार्थीको पढाईमा मन नलाग्न सक्छ। नयाँ लगानी तथा शेयर बजारमा कारोबारको लागि आज समय राम्रो छैन।  सानातिना घरेलु काममै अल्मलिएर समय व्यतीत हुनसक्छ, सचेत रहनु होला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज महत्वपूर्ण काम सम्पादन गर्न सकिन्छ। विभिन्न अवसरको प्राप्ति हुनाले मन प्रसन्न रहने छ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । व्यापार–व्यवसायमा लाभ हुनेछ । शेयर बजारबाट सामान्य लाभ मिल्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज सोचेअनुरूप फाइदा उठाउन सकिन्छ । जागिर गर्नेहरुले मानसम्मान तथा पदोन्नति प्राप्त गर्न सक्छन्। व्यापार व्यवसायमा लागेकाहरुले राम्रो आम्दानी गर्ने समय छ। दीर्घकालिन लगानीको लागि समय शुभ छ। पारिवारिक सम्बन्ध आज राम्रो रहनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिकराशि भएकाहरूका लागि आज प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि भएकाहरूका लागि आज अनावश्यक काममा समय व्यतित गर्दा गर्नुपर्ने काम अधुरो रहन सक्छ। विना प्रयोजनको यात्रा हुन सक्छ। स्वास्थ्य कमजोर रहन सक्छ। परिवारमा सामान्य विवादको वातावरण बन्न सक्ने भएकाले सचेत रहनुपर्छ। साथीभाईको धेरै विश्वास गर्दा समस्यामा पर्न सकिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग लिन-दिन सकिने दिन छ । उद्योग तथा व्यापारमा प्रशस्त फाइदा मिल्ने समय छ । कमाएको धन सञ्चित हुनेछ वा परोपकारिक काममा लगानी गरिने छ । घरायसी र दाम्पत्य सम्बन्ध अनुकूल रहने छ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिने छ। शेयर बजारबाट लाभ लिन सकिन्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि भएकाहरूका लागि आज भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । आर्थिक क्रियाकलापले दूरगामी फाइदा हुनेछ । चिन्तन र विचारका बलमा समुदायमा आफ्नो साख जोगाउन सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीनराशि भएकाहरूका लागि आज पारिवारिक भेटघाटको समय छ । प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ । पठनपाठनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन । शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता आर्जन हुनेछ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्। विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल,...

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

काठमाडौँ । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६...

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म...