विश्वकै लामो केवलकार निर्माण अगाडि बढ्यो, मुक्तिनाथ पुग्ने बाटो छोटिँदै

खबर चितवन

खबर चितवन

काठमाडौं,२ जेठ । सेराबेंशी (पर्वत) – मुक्तिनाथ केवलकार आयोजना अगाडि बढ्ने भएको छ । कम्पनीले परियोजना विकासका लागि वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु गरेको हो ।

उक्त केवलकार परियोजनाले चार जिल्लालाई जोड्ने छ। कास्कीको अन्नपूर्ण गाउँपालिका, म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको मोदी गाउँपालिका र मुस्ताङको घरापझोंग, थासाङ र बह्रागउँ मुक्तिक्षेत्र गाउँपालिकामा मुक्तिनाथ दर्शन प्रालिले केवलकार परियोजना सञ्चालन गर्न लागेकाे हाे ।

कम्पनीले उक्त परियोजनाले प्रभाव पार्ने स्थानीयसँग अन्तक्रिया गर्ने भएको छ । जेठ ११ देखि जेठ १७ गतेसम्म प्रभावित गाउँपालिकाका बासिन्दासँग छलफल हुनेछ ।

कालीगण्डकी नदी र मोदी नदीको जलाधार क्षेत्र हुँदै जाने आयोजना पर्वतको शेराफाँटबाट सुरु हुने छ। मुक्तिनाथ मन्दिरनेरको रानीपौवासम्म केवलकार सञ्चालन हुने छ। आयोजना विश्वकै सबैभन्दा लामो परियोजनाका रुपमा कल्पना र डिजाइन गरिएको जनाइएको छ । आयोजनाले १७७.३८२ हेक्टर वन क्षेत्र प्रयोग गर्छ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ...

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बु । सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने...

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी भाद्र ९, १० र ११ गते विहान ११...