रेशम चौधरीको मुद्दामा अन्तिम सुनुवाइ हुँदै,पाउलान् त सफाइ?

खबर चितवन

खबर चितवन

काठमाडौं,२ जेठ । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इसलासमा मुद्दाको सुनुवाइ हुनेछ ।

सोमबार चौधरीविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको थियो । न्यायाधीशद्वय भट्टराई र सुवेदीको इजलासमा सुरु भएको सुनुवाइ नसकिए पछि हेर्दाहेर्दैमा राखिएको थियो । उक्त मुद्दामा आज पनि सुनुवाइ हुनेछ ।

२०७२ भदौ ७ गते थरुहटको आन्दोलन हिंसात्मक बनेपछि भीडको आक्रमणबाट नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीलाई मारिएका थिए ।

उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । त्यसको दुई वर्ष पछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

यसविरुद्ध दुवै पक्षले सर्वोच्चमा पुनरावेदन गरेका छन् । ती निवेदनमा वैशाख २५ गते सुनुवाइ सुरु भएको हो । यसअघि प्रतिवादी चौधरी पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । सोमबार सरकारी वकिल र विपक्षिका कानुन व्यवसायीले बहस गर्नेछन् । उनीहरुको बहसपछि निवेदक चौधरी पक्षले जवाफी बहस गर्नेछन् । त्यसपछि मुद्दाको फैसला हुनेछ । चौधरीलाई माफी दिनकै लागि सरकारले संसद् सचिवालयमा विधेयक दर्ता गराएको छ । तर त्यसअघि नै सर्वोच्चले फैसला गरे सर्वोच्चको फैसला नै अन्तिम हुनेछ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ...

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बु । सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने...

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी भाद्र ९, १० र ११ गते विहान ११...