दासढुंगामा नागबेली त्रिशूली,त्यसमाथि प्याराग्लाइडिङ सरर

खबर चितवन

खबर चितवन

चितवन,२ जेठ । मुग्लिनमा मर्स्याङ्दी मिसिएपछि तनहुँ र चितवनलाई दायाँ–बायाँ पारेर अघि बढेको त्रिशूली दासढुंगा आइपुगेपछि नागबेली भएर बग्छ।

उचाईबाट हेर्दा निकै आकर्षक देखिने यो नागबेली नदीमा पहिले काठका सामान्य डुँडा चल्थे। पछि र्‍याफ्टिङ बोट चल्न थाले। केही समयदेखि दासढुंगाबाटै मोटरबोट चल्न थालेका छन्।

अब यहाँको आकर्षण जलबिहार मात्रै छैन। केही हप्तादेखि नदीको माथि आकासमा प्याराग्लाइडिङ पनि हुन थालेको छ। अचेल चौकीडाँडाबाट पर्यटक बोकर उडेका रंगिचंगी प्याराग्लाइडर त्रिशूली माथि चरा झैं सयर गर्छन्।

चौकीडाँडा समुद्र सतहबाट १२ सय मिटर उचाईमा छ। यो भरतपुर महानगरपालिकाको वडा नम्बर २९ मा पर्ने ग्रामीण पर्यटकीय गाउँ हो। नारायणगढ बजारबाट गाडी चढेर करिब एक घण्टामा चौकी डाँडा पुगिन्छ। त्यहाँबाट सुरू हुने प्याराग्लाइडिङ करिब आधा घण्टाको उडान भर्दै देवघाट गाउँपालिकास्थित त्रिशूली नदी नजिकै(कालिमाटी) आइपुगेर अवतरण हुन्छ।

‘माथि उडेको प्याराग्लाइडिङ र नदीमा हुईंकीरहेको मोटरबोटमा सयर गर्ने पर्यटक एक अर्कालाई हेरेर रमाउँछन्। यस्तो दृष्य विश्वमै यहीँमात्रै देख्न पाइन्छ,’ नेपाल प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउतको दाबी छ, ‘यति विशाल नदीमाथि प्याराग्लाइडिङ भएको विश्वमै यहीँमात्रै हो।’

उनले आकाश र नदीलाई जोडेर पर्यटनमा नयाँ आयाम ल्याउने प्रयास गरेको दाबी गरे। प्रायः ठाउँमा डाँडा, ताल, समुद्रमाथि प्याराग्लाइडिङ हुने गरेकोमा चितवनमा पहिलो पटक नदीमाथि सुरू भएको उनले बताए।

‘सुन्दर हिमश्रृंखला, पहाडी भूभाग, नदी, तराईका फाँट, जंगल, बस्तीको अवलोकन गर्दै आकाशमा उड्ने अवसर चितवन आउने पर्यटकले पाएका छन्,’ राउत भन्छन्, ‘छोटो अवधिमै यहाँ पर्यटकको चासो र आकर्षण पनि बढ्दै गएको छ।’

हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङ प्रालिले गत वैशाख १ गतेदेखि भरतपुरमा प्याराग्लाइडिङ सुरू गरेको हो। यसको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले गरेका थिए।

हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङका अध्यक्ष विजय घलेले देशमा आर्थिक संकट चुलिँदै गएपनि जोखिम मोलेर पर्यटन क्षेत्रमा ठूलो लगानी गरेको बताए।

‘लगानीको वातावरण नहुँदा नहुँदै पनि पर्यटन क्षेत्रका लागि केही योगदान दिउँ भन्ने सोच भएका व्यक्तिहरु मिलेर नयाँ काम सुरु गरेका छौं,’ घलेले भने।

अहिले २० देखि ३० मिनेटसम्मको सामान्य उडान भइरहेको छ। ४० देखि ६० मिनेटसम्मको ‘क्रस कन्ट्री’ उडान पनि गर्ने तयारी छ। अध्यक्ष घलेले दासढुंगास्थित कार्यालय आइपुग्नेलाई चौकी डाँडा पुर्‍याएर प्याराग्लाइडिङ गरेबापत अहिले ६ हजार रूपैयाँ लिइने गरेको बताए। दासढुंगामा होटल अशोका नजिकै यसको कार्यालय छ। अन्य ठाउँबाट ल्याउनुपर्नेका लागि प्याकेज तयार भइरहेको उनले बताए।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । सो शव सिमलतालमा पहिरोले बगाएको...

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

चितवन,२९ असार । शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न...

सिमलतालमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

सिमलताल दुर्घटना: नदीमा बेपत्ता बसको खोजी कार्य सुरु

चितवन,२९ असार । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ ।...

अक्षय कुमारलाई कोरोना संक्रमण

अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई  कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख...