काठमाडौ,१ जेठ । साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य बढेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन १ प्रतितोला लाख १० हजार ८०० सय रुपैयाँमा कोरोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदीको मूल्य भने हिजो आइतबारकै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Post Views: 146
Discussion about this post