चनौली,१ जेठ । भरतपुरका ६ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने ईसिडीदेखि कक्षा ८ सम्मका विद्यार्थीहरुलाई एक कार्यक्रमका भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शैक्षिक सामग्री वितरण गर्नु भएको छ ।
भरतपुर–२५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीमा चाइना फाउन्डेसन रुलर डेभलोपमेन्ट र ग्लोबल को अपरेसन फर डेभलोपमेन्टको संयुक्त आयोजनामा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रमलाइ सम्बोधन गर्नु हुदै देशमै पहिलो र दोस्रो स्थानमा नारायणी मावि भरतपुरमा हुनु गर्वको विषय भएको उल्लेख गर्नु हुदै भरतपुरका सबै सामुदायिक विद्यालयलाई नारायणी माविको जस्तै आर्कषण बनाउने तर्फ महानगरपालिकाको ध्यान रहेको बताउनुभएको छ ।
गएको ५ बर्षमा महानगरका सामुदायिक विद्यालयमा ८००० विद्यार्थी ल्याउन सफल भएको बताउनु भयो । विद्यार्थीको संख्या वृद्धि भएकाले धेरै जसो विद्यालयमा भवनहरु थप निर्माण गर्नुपर्ने अवस्था रहेको पनि जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिकाको एक वडा, एक नमुना विद्यालय, एक कक्षा कोठा एक शिक्षक, स्वयम्सेवक शिक्षा, दरबन्दी मिलनजस्ता कार्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुँदै गएको बताउनुभयो ।
कार्यक्रममा भरतपुर शिक्षा साखा प्रमुख महेन्द्र पौडेल, चाइना फाउन्डेसनका निर्देशक मेडल गोज, ग्लोबल को अपरेसन फर डेभलोपमेन्टका अध्यक्ष मुक्ति मरासिनी लगायतको उपस्थिति रहेको थियो ।
भरतपुर वडा नम्बर २५ मा रहेको शोसी माध्यमिक विद्यालयका विद्यार्थीलाई सो सामाग्री दिएर कार्यक्रमको शुभारम्भ गरिएको हो । साझापुर माविका ३५५ जना, शोसी माविका ४३६ जना, हिमालय दण्डपाणी माविका २७८ जना, मोहन माविका ४१४, सिद्धि जनकल्याण आद्यारभूत विद्यालयका १४५ जना र ईन्द्रपुरी माविका १०० जना गरी भरतपुरका २ हजार विद्यार्थीले शैक्षिक सामाग्री पाएका छन् ।
Discussion about this post