नयाँ फिल्मको तयारीमा दीपक-दीपा

खबर चितवन

खबर चितवन

काठमाडौं,१ जेठ । दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा नयाँ फिल्मको तयारीमा छन् । यो नयाँ फिल्म ‘छक्कापञ्जा’ श्रृंखलामा आधारित हुनेछैन, तर नयाँ फिल्ममा ‘छक्कापञ्जा’कै समूह हुनेछ ।

नयाँ फिल्मको प्रि-प्रोडक्सन सुरु गर्नुअघि दीपक-दीपाको टोलीले सोमबार बिहान पशुपतिनाथ पुगेर पूजाआजा गरेको छ ।

‘आजदेखि छक्कापञ्जा ४ को च्याप्टर क्लोज भयो र हामी नयाँ फिल्मको प्रि-प्रोडक्सनमा जुट्यौं,’ दीपकले अनलाइनखबरसँग भने, ‘स्क्रिप्ट लेखनदेखि अन्य योजनाका काम सुरु भएको छ ।’

निर्माता तथा अभिनेता निर्मल शर्माले पनि ‘छक्कापञ्जा ४’ सफलताको लागि पशुपति पुगेर ‘थ्यांक्स गिभिङ’ पूजाआजा गरेको बताए । दीपाले फिल्मको सफलताको लागि भाकल पूजा गरेकी थिइन्, यही कारण पनि यो समूह पशुपति पुगेको हो ।

दीपक, दीपा, निर्मलसहित राज आचार्य, केदारप्रसाद घिमिरे माग्ने बुढासहितको टोली पशुपति पुगेको हो । दीपाश्रीले सार्वजनिक गरेको उक्त तस्वीरमा फ्यानले नयाँ प्रोजेक्टको तयारीस्वरुप पूजाआजाका लागि पशुपति पुगेको भन्दै कमेन्ट गरेका छन् ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । सो शव सिमलतालमा पहिरोले बगाएको...

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

चितवन,२९ असार । शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न...

सिमलतालमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

सिमलताल दुर्घटना: नदीमा बेपत्ता बसको खोजी कार्य सुरु

चितवन,२९ असार । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ ।...

अक्षय कुमारलाई कोरोना संक्रमण

अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई  कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख...