चितवनमा अघोषित लोडसेडिङ,पटकपटक विद्युत् काटिँदा नागरिकलाई सास्ती

खबर चितवन

खबर चितवन

चितवनमा अघोषित रुपमा लोडसेडिङ हुन थालेपछि नागरिकले सास्ती झेल्नु परेको छ । पूर्वसूचना र तालिका बिना लोडसेडिङ हुन थालेपछि व्यवसायीसँगै सर्वसाधारण नागरिकले सास्ती झेल्नु परेको हो । विधुत् आउने र जाने हुदा विद्युतीय सामग्रीहरु बिग्रने सम्भावना पनि बढ्दै गएको छ ।

चितवनमा पछिल्लो केही दिन यता दिनमा लामो समय लोडसेडिङ हुने र बिहान बेलुका झ्याप झ्याप विद्युत् आउने जाने गरेको छ । जसले गर्दा औद्योगिक क्षेत्रमा समस्या भएको छ भने गर्मीको समयमा सर्वसाधारणले सास्ती खेपिरहेका छन् ।

अहिले भरतपुर क्षेत्रका सडकहरु छ लेन बनाउने क्रममा तार भूमिगत सँगै पोलहरु सार्ने काम धमाधम भएकोले दैनिक विद्युत् कटौंती भएको विद्युत् प्रधिकरण भरतपुर बितरण केन्द्रको दाबी छ । ‘सधै एकै क्षेत्रको विद्युत् कटौती गरिएको छैन । हामीले क्षेत्र छुट्याएर दैनिक विद्युत् कटौंती गरेका छौँ र पोल सार्ने सँगै तार भूमिगत गर्ने काम गरेका छौँ’, विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ । कार्यालयका अनुसार अहिले जिल्लामा ३० देखि ४० मेगावाट बिजुली आवश्यक रहेको छ । त्यस्तै दिउँसोमा पोल सार्न विद्युत काटिए पनि बिहान बेलुका ओभर लोड भएर विद्युत सर्टडाउन हुँदा लोडसेडिङ भएको हो ।

जिल्लामा पछिल्लो समय पोल सार्न दैनिकरुपमा बत्तीजान थालेपछि औद्योगिक क्षेत्रले भने करोडौँको घाटा भोग्नु परेको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण क्षेष्ठले बताए । उनका अनुसार विद्युत् कटौंती हुँदा प्लास्टिक उद्योग, चिस्यान केन्द्र धेरै मर्कामा छन् । श्रेष्ठ भन्छन्, ‘चाररपाँच घण्टा लगाएर कच्चा पदार्थ तताउन पर्ने र बत्ती गएपछि पुनः तताउँदा उद्योगलाई आर्थिक भार पर्ने गर्छ ।’ जसको कारण उत्पादन लागत बढ्ने र उपभोग्य वस्तुको मूल्यमा पनि वृद्धि हुने गर्छ । कतिपय टहरामा सञ्चालन गरिएका विद्यालयहरुमा बत्ती नहुदा सञ्चालन गर्न कठिन भएको भन्दै बत्ती गएको समयमा विद्यार्थीलाई बिदा दिने गरिएको छ । यसरी बिनासूचना बत्ती काट्नुको भित्री खेल प्राधिकरणका कर्मचारीहरुले इन्भर्टरको व्यापार बढाउने भित्री साँठगाँठ त होइन भनेर कतिपय नागरिकले आशंका गरेका छन् । : नारायणी अनलाइनको सहयोगमा

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...