3pl Addiction Helpline America addictionhelplineamerica

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस दुर्घटना, २७ घाइते

खबर चितवन

खबर चितवन

काठमाडौं,१ जेठ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ सिर्दीमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ९६३५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा बसमा सवारी २७ यात्रु घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टको नेतृत्वमा २५ जनाको प्रहरी टोलीले घाइतेको उद्धार गरेको छ । घाइतेमध्ये नौ जनालाई थप उपचारका लागि पोखरा ‘रिफर’ गरिएको छ भने अन्य घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

घाइते हुनेमा बस चालक पोखरा महानगरपालिका–३१ बस्ने २७ वर्षीय सुनिल विक, सहचालक पोखरा महानगरपालिका १५ बस्ने ३७ वर्षीय सुविन कुँवर, गैँडाकोट नगरपालिका बस्ने १९ वर्षीय सुशील श्रेष्ठ, सोही ठाउँ बस्ने शिवहरि श्रेष्ठ, पर्वत फलेवास नगरपालिका–१० बस्ने २१ वर्षीय विष्णुप्रसाद चापागाई र पैयु गाउँपालिका–१ बस्ने २७ वर्षीय टीकाराम न्यौपाने रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै पोखरा महानगरपालिका बिरौटा बस्ने २५ वर्षीय राजकुमारा माझी, सोही ठाउँका १७ वर्षीय विकास बर्तौला, २० वर्षीय सौरभ श्रेष्ठ, बागलुङको ताराखोला बस्ने २५ वर्षीय उपेन्द्र घर्ती, पोखरा महानगरपालिका १९ बस्ने २५ वर्षीय अमृत थापा, सोही ठाउँ बस्ने २३ वर्षीया सविना तामाङ, ३९ वर्षीय चेतबहादुर रानाभाट, भारत पटनाका ३३ वर्षीय प्रभातकुमार सिंह, २९ वर्षीय अनामिका सिंह, खोटाङका ५० वर्षीया कोपिला राई घाइते भएका छन् ।

त्यसैगरी सोलुखुम्बुका ४७ वर्षीय कुलबहादुर राई, २५ वर्षीया नोवाङ शेर्पा, मुगु घर भई काठमाडौँ बस्ने २५ वर्षीय राजकुमार बूढा, पर्वतको फलेबास बस्ने ३२ वर्षीय टेकबहादुर थापा, बागलुङका २० वर्षीया अस्मिता छन्तेल, पोखरा महानगरपालिकाका ३० वर्षीया सोनी पुलामी, भारत विहारका १८ वर्षीय रोहित कुमार, एक वर्षीय आदित्य साहा, सुनिता देवी र ३६ वर्षीय राहुल साह घाइते भएका छन् ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...