3pl

इन्डियन प्रिमियर लिग : कोलकातासँग चेन्नाई ६ विकेटले पराजित

खबर चितवन

खबर चितवन

काठमाडौं,१ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा काेलकाता नाइट राइडर्स विजयी भएको छ । गएराति भएको खेलमा काेलकाताले चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराएको हो ।

घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाइले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । चेन्नईका शिवम् दुबेले सर्वाधिक ४८ रन बनाए । यस्तै, देवन कन्वेले ३०, रविन्द्र जडेजाले २० र ऋतुराज गायकवाडले १७ तथा अजिन्का रहानेले १६ रन जोडे ।काेलकाताका लागि वरुण चक्रवर्ती र सुनिल नरैनेले दुई/दुई तथा वैभव अरोरा र शार्दुल ठाकुरले एक/एक विकेट लिए ।

जवाफी ब्यउाटिङमा उत्रिएको काेलकाताले १८.३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेटायो ।काेलकाताका लागि नितिश राना र रिंकु सिंहले अर्धशतकीय पारी खेले । रानाले ५७ र सिंहले ५४ रनको योगदान दिए । चेन्नईका दीपक चहरले तीन विकेट लिए ।

काेलकाेता १३ खेलमा १२ अङ्कसहित साताैँ स्थानमा रहेकाे छ भने १३ खेलमा १५ अङ्क जाेडेकाे चेन्नई दाेस्राे स्थानमा रहेकाे छ।

यसअघि हिजोको पहिलो खेलमा  रोयल च्यालेन्जर्स बेङ्लोरले राजस्थान रोयल्सलाई १ सय १२ रनको फराकिलो अन्तरले हराएको थियो ।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...