विभिन्न १८ वटा विद्यामा अवार्ड वितरण गर्दै सकियो थारु म्यूजिक भिडियो अवार्ड वितरण कार्यक्रम

खबर चितवन

खबर चितवन

चितवन,३१ वैशाख । चितवनको खैरहनीमा शनिवार साँझ राष्ट्रिय थारु म्यूजिक भिडियो अवार्ड कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय थारु म्यूजिक भिडियो अवार्ड कार्यक्रममा यो वर्षको बेष्ट सिगर सहित विभिन्न १८ वटा विद्यामा अवार्ड वितरण गरिएको छ ।

थारु कलाकार सभा, चितवनले  खैरहनी पाटी भेन्युमा आयोजना गरेको राष्ट्रिय थारु म्यूजिक भिडियो अवार्डमा राप्ती नगरपालिकाका प्रमृुख शमसेर लामाले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै मेयर लामाले भाषा तथा संस्कृति संरक्षणमा थारु समुदाय अगाडी रहेको बताए । आफ्नो कला संस्कृतिसँगै भाषा संरक्षणमा गीत संगीतले महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमुख लामाले बताए । पूर्वी चितवनमा देशैभरको थारु कलाकारहरुलाई स्वागत गर्न पाउँदा खुशी लागेको उनको भनाई छ ।

कार्यक्रममा थारु गीत संगीतदेखि कलाकारिता क्षेत्रमा लामो समयदेखि कामगर्दै आएका अभिनेता एवम निर्मातार निर्देशक परशुराम चौधरीलाई सम्मान समेत गरिएको छ । सम्मान ग्रहणपछि कार्यक्रममा बोल्दै निर्देशक चौधरीले थारु समुदायको गीत संगीतले देशकै नेतृत्व गर्ने अवस्थामा पुग्न लागेको बताए ।

लामो समयको संघर्षपछि थारु समुदायको गीत संगीत नेपाली कलाकारिता क्षेत्रमा ब्राण्डिङको रुपमा स्थापित हुँदै गएको दावी गरे । बलिउडमा साउथ क्षेत्रको हाबी बढेसरह नेपालमा पनि थारु समुदायको गीतसंगीतले मार्केट ओग्टने उनको भनाई छ ।

हामीले बनाउने चलचित्र होस या,म्यूजिक भिडियोहरु नै किन नहोस त्यो सबैले बुझ्ने भाषामा पनि डब गरेर काम गर्ने हो भने थारु म्यूजिक क्षेत्रले देशकै प्रतिनिधित्व गर्ने बेला आउन सक्ने बताए ।  विगत ४० वर्षदेखि थारु कलाकारिता क्षेत्रमा विताउँदा आफुले भोगेको तितामिठा अनुभवलाई सुनाएका थिए ।

थारु कलाकार सभाका सभापति सुरेश चौधरीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा थारु कल्याणकारिणी सभा चितवनका जिल्ला सभापति ललितकुमार चौधरी, लगायत विभिन्न विद्याका कलाकारहरुको उपस्थिती थियो ।

अवार्ड समारोहमा मन लागेना बोलको गीतलाई समेत सम्मान गरिएको छ । यूटुबमा करोड क्लबमा प्रवेश गरेको भन्दै मन लागेना बोलेको गीतलाई सम्मान पत्रले सम्मान गरिएको थियो । यो गीतका गायक आरके थारु लगायतका टिमले पुरस्कार ग्रहण गरेका थिए ।यस्तै यो वर्षको थारु बेष्ट सिंगर अवार्ड गायक श्रीनिवास चौधरीले प्राप्त गरेका छन् ।

पहिलो पटक चितवनमा आयोजना गरिएको राष्ट्रिय थारु म्यूजिक अवार्डमा कुन कुन विद्यामा कुन कुन कलाकारले अवार्ड पाए  ?

१)श्रृंगार तर्फ : सरु ओलि (राजारानि बोलको गित)

२)भेषभुषा : रोहित चौधरी (चमचम चमके)

३)संगित संयोजन : गणेश चौधरी (बिन्दिया बोलाये सजना)

४)रङ्ग संयोजन : सुरज महतो (राजारानी )

५)सम्पादन : सतिश सिन्हा(धुर उराके)

६)नृत्य निर्देशक : कोडियोग्राफर अजय महतो (पावनी जितिया)

७)शब्द : उपेन्द्र चौधरी (पावनी जितिया)

८)छायांकन : रमेश चौधरी (राजारानी)

९)निर्देशक : रजनिश चौधरी (का यहे हो माया)

१०)संगितकार : गणेश चौधरी (बिन्दिया बोलाये सजना)

११)बेस्ट फिमेल लोक बिधा(best female folk ) : गायिका समिक्षा चौधरी (घोङी चटना)

१२)बेस्ट मेल लोक बिधा ( best male folk) : गायक राज कुश्मी ( महिरावन)

१३) Future of model female : नेहेल्जा कुश्मी (तु मोर जिन्दगानी)

१४) future of model new best : अस्मिता चौधरी ( अब ना जा व)

१५)future of model male: नितेश चौधरी (जन्मो जनम)

१६)future of model new best : नवीन लेखी(जनम जनम कि नाता)

१७)popular Best female actress : नेहा चौधरी (बिन्दिया बोलाये सजना)

१८)बेस्ट अभिनेत्री : प्रतिभा चौधरी (आ जा ना )

१९)बेस्ट गायिका : अनुमा चौधरी (राजारानि)

२०) पपुलर बेस्ट गायिका : अनु चौधरी ( बिन्दिया बोलाये सजना)

२१) Best Hunk Model of the year actor : मुकुन्द जि.सि.( आवना सजना)

२२) Best Hunk Model of the year Best Actor : देब महतो ( दिल कहे हर बार)

२३) popular Best Singer : आर.के .थारु (का यहे हो माया) २४) Best Singer : श्री निवास चौधरी ( नयना)

२५) ध्वनी मिश्रण : चन्द्र चौधरी ( बिन्दिया )

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ...

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बु । सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने...

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी भाद्र ९, १० र ११ गते विहान ११...