माडी,३१ वैशाख । माडीको बसन्तपुरमा एक व्यवसायी महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन् । माडी-५ बसन्तपुर मालपोत कार्यालयसंगैको घरमा बस्ने अन्दाजी ३८ बर्षीया महिला बसन्ती थापाले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
मृतकको परिवारले बसन्तपुर बजारमा फर्निचर र होटल व्यवसाय गर्दै आएको थियो । घरमा कोही नभएको समयमा थापा पंखामा झुण्डिएको अवस्थामा भेटिएसंगै परिवार सदस्य र छरछिमेकीहरुले प्रहरीलाई खबर गरेका थिए ।
मृतक थापाको शव पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ । पछिल्लो समय व्यवसायमा मन्दी आइरहँदा चितवनका व्यवसायीहरुमा निरासता बढ्दै गएको छ ।
Post Views: 753
Discussion about this post