Advertise here

पदमपुरबाट नारायणगढ जान हिडेकी रुपा जंगलमा मृत फेला

खबर चितवन

खबर चितवन

चितवन,३१ वैशाख । कालिका नगरपालिका–४ की  २७ वर्षीय रुपा न्यौपाने घिमिरे भरतपुरको जंगलमा मृत भेटिएकी छन् । विदेश जाने भनेर सपिङको लागि पदमपुरबाट नारायणगढ शुक्रबार हिडेकी उनी भरतपुर महानगरपालिका–११ को टाइगर ताल जाने जंगलमा मृत भेटिएकी हुन् ।

घटनाको अनुसन्धान गरिरहेका चितवनका प्रहरी निरीक्षक कुशल कुमार बर्ताेलाले रुपालाई जंगलमा झुण्डिएको अवस्थामा भेटिएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘परिवारका अनुसार उनी शुक्रबार पदपुरबाट नारायणगढ जान हिडेकी थिइन् । एक्कासी बेपत्ता भएपछि आज मृत अवस्थामा भेटिएकी छन् । घटनाबारे थप सोधपुछ र अध्ययन गरिहेका छौं ।’

रुपाका साथीहरुको अनुसार उनी एक हप्तापछि आफ्नो श्रीमान रहेको पोर्चुगल जाने तयारीमा थिइन् । श्रीमान पोर्चुगलबाट नेपाल आएर छ महिना बसेर दुई महिना अगाडि मात्र फेरि पोर्चुगल गएका थिए । केही समय अगाडि प्रभु इन्सुरेन्स टाँडीमा उनी शाखा प्रमुखको रुपमा कार्यरत रहेकी थिइन् । उनले साथीहरुलाई पोर्चुगल जान इन्सुरेन्सको जागिर छाडे भनेर एसएमएस गरेको उनलाई चिन्ने पत्रकार केदार शर्माले बताए । उनी के कारणले त्यस्तो अवस्थामा भेटिइन् , आफैँ झुण्डिएकी हुन् वा कसैले झुन्डाएर हत्या गरेको हो भन्ने बारेमा चितवन प्रहरीले अनुसन्धान गर्दै छ ।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्। विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल,...

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

काठमाडौँ । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६...

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म...