टोपबहादुर रायमाझी काठमाण्डौबाट पक्राउ

खबर चितवन

खबर चितवन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

आइतवार बेलुकी काठमाण्डौको बूढानीलकण्ठबाट रायमाझीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो टोलीले उहाँ (रायमाझी) लाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिसकेको छ ।”

रायमाझी विरुद्ध ११ दिनअघि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो । अब यो प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १३ पुगेको छ ।

उनि नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री पनि हुन् । पक्राउ पुर्जी जारी भएपछि नेकपा एमालेले उनलाई निलम्बित गरीसकेको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ...

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बु । सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने...

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी भाद्र ९, १० र ११ गते विहान ११...