3pl

चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका गैँडा पुष्पा र अञ्जलीलाई जङ्गलमा छाडियाे

खबर चितवन

खबर चितवन

चितवन,३१ वैशाख ।चितवन राष्ट्रिय निकुञ्जले पालेर राखेका दुई गैँडाका बच्चा (केटो)लाई जङ्गलमा छाडिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा पालिएका ती गैँडालाई निकुञ्जको लामि ताल क्षेत्रमा छोडिएको हो।

निकुञ्जका पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार डार्ट नगरिकनै ट्रकमा राखेर ती दुई गैँडालाई तामिताल पुर्‍याएर छाडिएको छ।निकुञ्जमा आमाबाट छुटेको अवस्थामा भेटिएका पुष्पा र अञ्जली नामका ती दुई बच्चालाई निकुञ्जकै नवलपरासी क्षेत्रबाट उद्धार गरी ल्याइएको थियो ।

श्रेष्ठका अनुसार पुष्पालाई सन् २०२० को जनवरीमा नवलपरासीको तमासपुर र अञ्जलीलाई २०२१ को अप्रिलमा नवलपरासीकै कुजौलीबाट उद्धार गरिएको थियो ।एक दुई महिनाको उमेरमा आमाबाट छुटेका उनीहरूलाई हुर्काएपछि प्राकृतिक रूपमा जङ्गलमा छाडिएको उनले बताए ।

पुष्पा र अञ्जलीलाई यति बेला प्राकृतिक रूपमा घाँस खोजेर खान सक्ने भएका छन् ।

उद्धार गरी हुर्काइएका कतिपय जङ्गली जनावर मित्रराष्ट्रलाई दिने, कतिपयलाई चिडियाघरमा त कतिपयलाई प्राकृतिमा राख्ने गरिँदै आएको छ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...