काठमाण्डाै,३१ वैशाख । जिल्ला अदालत काठमाडौंले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्नलाई थप ४ दिन हिरातमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
आइतबार अदालतले थप अनुसन्धानका लागि चारदिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणसहित पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप लगायत पक्राउ परेका छन् ।एमाले सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।
Post Views: 212
Discussion about this post