3pl Addiction Helpline America addictionhelplineamerica

इन्डियन प्रिमियर लिग : दिल्लीलाई ३१ रनले हराउँदै पञ्जाब विजयी

खबर चितवन

खबर चितवन

काठमाण्डाै,३१ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शनिवार राति भएको खेलमा दिल्ली क्यापिटललाई ३१ रनले हराउँदै पञ्जाब किंग्सले जितेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।उसका लागि प्रभसिमरन सिंहले १ सय ३ रनको शतकीय पारी खेले ।यस्तै साम करनले २० र सिकन्दर राजाले ११ रन बनाएका थिए।दिल्लीका इशान्त शर्माले २ तथा प्रविन दुवे, अक्षर पटेल, कुलदीप यादव र मुकेश कुमारले समान १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गर्दै दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्रै बनाउन सक्यो ।उसका लागि डेबिड वार्नरले ५४ रन बनाए ।यस्तै रुसो ५,मनिष पाण्डे शून्य रनमा आउट भए।पञ्जाबका हरप्रित ब्रारले ४ विकेट तथा राहुल चाहर र नाथन एलिसले समान २/२ विकेट लिए ।

१२ खेलमा १२ अंकका साथ पञ्जाब लिगको छैटौँ स्थानमा उक्लिएको छ । समान १२ खेलमा ८ अङ्क रहेको दिल्ली पुछारमा कायमै छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...