लोकतन्त्र संवाद तथा नागरिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न

खबर चितवन

खबर चितवन

चितवन,३० वैशाख । चितवनको सिराइचुली होटलको सभाहलमा एक कार्यक्रम बिच (एफईएस)नेपालको आयोजनामा लोकतन्त्र संवाद तथा नागरिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

क्रममा (एफईएस) नेपालका लागि आवासिय प्रतिनिधि नाटालिय फिग,संस्थाका सिनियर प्रोग्राम अफिसर चन्द्रदेव भट्ट, संस्थाकी कार्यक्रम संयोजक समिरा पौडेल, संविधान बिज्ञ काशीराज दाहाल,नेपाल टेलिभिजकी उप महा-प्रवन्धक आरती चटौत,अधिबक्ता रोशन पोख्रेल लगायत समसामयिक बिषयहरुमा नितिहरुको विश्लेषण तथा राजनितिक मुद्दाहरुका बारेमा सरोकार राख्ने व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा संविधान बिज्ञ दाहालले लोकतन्त्र र नागरिक शिक्षाको बारेमा प्रस्तुती दिनुभएको हो।नेपाल टेलिभिजनकी उप महाप्रबन्धक रटौतले सामाजिक न्यायको सम्बन्धमा लोकतन्त्रको बारेमा प्रस्तुती दिनुभएको हो।अधिबक्ता पोख्रेलले बद्लिदो परिवेशमा लोकतन्त्रका मूल्य र मान्यताहरुमा प्रजातन्त्र बिषयकमा प्रस्तुती दिनुभएको हो।

No description available.

कार्यक्रममा सहभागीहरुको तर्फबाट संविधान सभाका सभासद्हरु,शिक्षाविद्,राजनितीक दलका व्यक्तित्वहरु,युवा बिद्यार्थी तथा सामाजिक संघ-सस्थाका व्यक्तित्वहरुले वर्तमान संविधान,संघीयता,लोकतन्त्र ,सुशासन लगायतका बिषयहरुमा महत्वपूर्ण प्रश्नहरुको सवाल राखेका थिए।

नेपालको संविधान २०७२ ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अपनाई संघीय शासन प्रणालिको माध्यमद्वारा दिगो शान्ती,सुशासन, विकास र सम्वृद्दिको आकांक्षा पूरा गर्ने संकल्प गरेतापनी जन चाहना,व्यवस्था अनुसार व्यवस्थापन र कार्यन्वयन नभएकै कारणले गर्दा संघियताको खारेजी हुनु पर्ने अथवा संघको बजेट,गाउँपालिका तथा स्थानिय तहमा सुशासन सहितको समृद्दी बिकासका लागि ठुला बजेटहरु बिनियोजन हुनु पर्ने सवालमा अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमालाइ नेपाल पत्रकार महासंघकि केन्द्रिय सचिव सृजना अर्यालले सहजिकरण गर्नुभएको थियो। फ्रेडरिक-एवर्ट-स्टिफटुङ(एफइएस) नागरिक शिक्षा,अनुसन्धान र अन्तर्राष्ट्रिय सहयोगको माध्यमबाट सामाजिक लोकतन्त्रको भावना झल्किने गरि सामाजिक,राजनितीक र आर्थिक उन्नतिको लागि प्रतिबद्द जर्मनिको सबैभन्दा पुरानो राजनितिक प्रतिष्ठान हो।

नेपालमा सन् १९९५ देखि सामाजिक न्याय र लोकतन्त्रको सुदृढीकरणमा सहयोग पुर्याउन हामी साझेदार संस्थाहरु-श्रमिक आन्दोलन संगठन,बुद्धिजीवी,नागरिक समाज र राजनितीक दलहरु-संग मिलेर काम गरिरहेको छ।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । सो शव सिमलतालमा पहिरोले बगाएको...

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

चितवन,२९ असार । शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न...

सिमलतालमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

सिमलताल दुर्घटना: नदीमा बेपत्ता बसको खोजी कार्य सुरु

चितवन,२९ असार । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ ।...

अक्षय कुमारलाई कोरोना संक्रमण

अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई  कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख...