3pl Addiction Helpline America addictionhelplineamerica

रवि लामिछाने पनि भ्रष्टाचारी हुन् : महेश बस्नेत

खबर चितवन

खबर चितवन

काठमाडौं, ३० वैशाख । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् प्रतिनिधि सभा सदस्य रवि लामिछाने पनि भ्रष्टाचारी भएको दाबी गरेका छन् ।

आज शनिबार उनले भ्रष्टाचारका विभिन्न काण्डहरूबारे सामाजिक सञ्जालमा लेख्दै रवि लामिछानेले गृहमन्त्री बन्दा विभिन्न निर्णय गरेर भ्रष्टाचारजन्य काम गरेको आरोप लगाएका हुन् ।

कार्यविधि स्वीकृत गरेर राष्ट्रिय परिचयपत्रका लागि सङ्कलित व्यक्तिगत र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिने निर्णय गरेको र त्यसबाट एड्भान्टेज इन्टरनेशल प्रालिले एक्लै प्रतिस्पर्धा गरेर इजाजत पाएको विषय नेता बस्नेतले उल्लेख गरेका छन् ।

यस विषयमा भएको बोलपत्र आह्वानको सूचनामा व्यवस्थाविपरीत कम समय राखेको र यसो गरिनुपछाडिको नियत भ्रष्टाचार भएको बस्नेतको भनाइ छ । ‘पुस २७ मा बोलपत्र आह्वान गरेर दुई साताको मात्र म्याद राखिएको थियो । तर। सार्वजनिक खरिद ऐनको दफा–१४ अनुसार ‘राष्ट्रियस्तरको बोलपत्र वा पूर्वयोग्यता निर्धारणको प्रस्ताव आह्वानको सूचनाको हकमा कम्तीमा ३० दिन र अन्तर्राष्ट्रिय स्तरको हकमा कम्तीमा ४५ दिनको अवधि दिनुपर्ने’ कानूनी व्यवस्था छ । यो पनि छानबिन होस्,’ उनले भनेका छन् ।

यस्तै, उनले रवि लामिछाने मन्त्री हुने दौरान ढाकाराम श्रेष्ठको साढे २ करोड रूपैयाँको अडियो काण्ड उनकै संरक्षणमा भएको र खानी र क्रसर उद्योगमा कमिसन खाएर रोक्ने र खोल्ने अनि प्रहरी र सीडीओ सरुवा प्रकरणमा भएका लाखौँ/करोडौँ घोटालाको पनि छानबिन गर्न माग गरेका छन् ।

यस्तै, उनले ठूला भ्रष्टाचारका काण्डहरू दबाउनका लागि अहिले सरकारले नेकपा एमालेको बद्नाम हुनेगरी काम गरिरहेको पनि आरोप लगाएका छन् । एमालेसँग जोडिएका केही सामान्य विषयको हल्ला गरेर ठूला काण्ड दबाउन खोजिएको उनको भनाइ छ ।

नेता बस्नेतले औंल्याएका काण्ड र तिनका प्रकृति यस्ता छन्–

१) ओम्नि काण्ड : कोभिडको दौरान स्वास्थ्य सेवा बिभागले आव्हान गरेको टेण्डर स्वीकार गरेर ओम्नि कम्पनीको चाइना बाट चलन चल्तिको भन्दा महङ्गो मूल्यमा सामग्री खरिद गर्ने प्रक्रिया रद्द गरी धरौटी जफत गरिएको हो । कुनै आर्थिक लेनदेन भएको विषय होइन ।

२) यति काण्ड : वर्षौंदेखि गोकर्णको जंगल क्षेत्र लिजमा लिएर यति कम्पनीले रिसोर्ट चलाएर बसेकोमा पर्यटन मन्त्रालयले उक्त सम्झौता नवीकरण गर्दा सस्तो मूल्यमा गर्‍यो भन्ने आरोप हो । सरकारले पब्लिक प्राइभेट पार्टनरसीप प्रोग्राम ल्याएपछि निजी क्षेत्रलाई विभिन्न सेवा र अनुदान राज्यले दिने चलन छ । जस्तो कतिपय व्यवसायीलाई खबत फ्री, ब्याज छुट, सफ्ट लोन, जुट उद्योगलाई ७५% विद्युत् महशुलमा छुट, जडीबुटी उद्योगमा पहुँच मार्ग सिमेन्ट उद्योगमा पहुँच मार्ग जस्ता क्षेत्रमा सरकारले सहयोग गरेकै छ ।

३) ७० करोड काण्ड : सेक्युरिटी प्रेस स्थापना गरेर नोट, बैंक चेकलगायत संवेदनशील वस्तुहरू छाप्ने प्रक्रिया एमाले सरकारले सुरु गर्‍यो । सोही दौरानमा, तत्कालीन मन्त्री गोकुल बाँस्कोटाको भनेर एउटा अडियो बाहिर आयो । स्वंम गोकुलजीले मन्त्री पदबाट राजीनामा दिएर त्यसको छानबिन गर्न अनुरोध गर्नुभएको छ । हाम्रो विरोधी गठबन्धन निर्माण भएको अढाइ वर्ष भएको छ । यथार्थ त्यस्तो हो भने अनियमितता थियो भने सरोकारवाला पक्कै चुप किन छन ?

दबाउन खोजिएका काण्डहरू:–

१) बालुवाटार (ललिता निवास काण्ड) : पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, बाबुराम भट्टराई पूर्वभौतिक योजनामन्त्री विजयकुमार गच्छदार, सचिव दिप बस्नेतलगायतको मिलोमतोमा ३०० रोपनी भन्दा बढी जमिन हिनामिना गरिएको काण्ड हो । (जहाँसम्म विष्णु पौडेलको छोराको कुरा छ उनले अञ्जानबस ६ आना जग्गा खरिद गरेका हुन् । अहिले उक्त जग्गा सरकारलाइ नै फिर्ता गरिने प्रक्रिया अगाडि बढेको छ । सोही क्षेत्रमा एनआरएनलगायतले पनि प्रसस्त जग्गा खरिद गरेका छन्) यो विषयमा टुइस्ट गर्न यो प्रोपोगाण्डा ल्याइएको छ ।

२) नक्कली लडाकु प्रकरण : माओबादी लडाकु व्यवस्थापन गर्ने दौरानमा क्यान्टोनमेन्टमा रहेका लडाकुको संख्या घटबड गरेर ४ अर्ब रूपैयाँ भन्दा बढी रकम घोटाला भएको छ । प्रचण्ड, बाबुराम र जनार्दन शर्मा समेत संलग्न भएको काण्ड केस मेरै पहलमा अख्तियारमा मुद्दा छ तुरुन्त छानबिन हुनुपर्छ ।

३) सीसीटीभी फुटेज काण्ड : तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभावकर’ले निश्चित माफियासँग मिलेर बजेटमा सेटिङ्ग गरेर, करको दररेट हेरफेर गर्न अवैध व्यक्ति घुसपैठ गरेको र अमेरिकाबाट श्रोत नखुलेको अरबौँ गैरकानूनी पैसा ल्याउने, भ्याटिकन सिटी बाट श्रोत नखुलेको ४ अर्ब उहाँकै संरक्षणमा अजये सुमार्गीले ल्याउनेलगायत गम्भीर अपराध गरेका छन् यो विषयमा छानबिन गर्नु पर्छ ।

४) नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेञ्ज कमजोर गरेर नयाँ स्टक एक्सचेञ्ज लाइसेन्स वितरण गर्ने क्रममा सरकारका मूख्य घटक काँग्रेसका सभापति शेरबहादुर देउवपत्नी डा. आरजु राणा देउवा र प्रधानमन्त्री प्रचण्डपुत्री गंगा दहालले २० अर्बको आर्थिक अपराध गर्न लागेको भनी युवराज सफलले अख्तियारमा मुद्दा हालेको तुरुन्त छानबिन होस् ।

५) रबि लामिछानेको भ्रष्टाचार : गत पुस ११ मा गृहमन्त्रीको कार्यभार समालेपछि रवि लामिछानेले कार्यविधि स्वीकृत गरेर राष्ट्रिय परिचयपत्रमा सङ्कलित व्यक्तिगत र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिने निर्णय गरेका थिए । लामिछानेले जारी गरेको कार्यविधिको आधारमा एड्भान्टेज इन्टरनेशल प्रालिले एक्लै प्रतिस्पर्धा गरेर इजाजत पाएको थियो ।

द्रुत गतिमा कार्यविधि स्वीकृत गरेर बोलपत्र आह्वान, योग्यता मूल्याङ्कन छनौट गरेर माघ १२ मा सो कम्पनीले इजाजत पाएको थियो सेवा प्रदायक अड्डा र परिचयपत्र विभागको डेटा सेन्टरको बीचमा निजी कम्पनी हुने कार्यविधि लामिछाने आफैँले जारी गरेका हुन् । पुस २७ मा बोलपत्र आह्वान गरेर दुई साताको मात्र म्याद राखिएको थियो तर सार्वजनिक खरिद ऐनको दफा–१४ अनुसार ‘राष्ट्रिय स्तरको बोलपत्र वा पूर्वयोग्यता निर्धारणको प्रस्ताव आह्वानको सूचनाको हकमा कम्तीमा ३० दिन र अन्तर्राष्ट्रियस्तरको हकमा कम्तीमा ४५ दिनको अवधि दिनुपर्ने’ कानूनी व्यवस्था छ । यो पनि छानबिन होस् ।)

६) रवि मन्त्री हुने दौरान ढाकाराम श्रेष्ठको साडे २ करोड रूपैयाँको अडिओ काण्ड, खानी र क्रसर उद्योगमा कमिसन खाएर रोक्ने र खोल्ने अनि प्रहरी र सीडीओ सरुवा प्रकरणमा भएका लाखौँ/करोडौँ घोटाला छानबिन गर्नपर्दछ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...