3pl Addiction Helpline America addictionhelplineamerica

भ्रष्टचारबिरुद्ध आज देशैभरी प्रदर्शन हुने

खबर चितवन

खबर चितवन

काठमाडौं,३० वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै आज देशैभरी प्रदर्शन हुने भएको छ ।

‘भ्रष्टचार बिरुद्ध हामी’ भन्ने अभियान अन्र्तगत आज काठमाडौंमा र बिभिन्न नागरिक समाजले देशैभरी प्रदर्शन गर्न लागेका हुन ।अपरान्ह १२ः३० बजे नारायण चौर नक्सालमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसहितको उपस्थितिमा बृहत प्रदर्शन हुँदैछ ।

‘भ्रष्टाचार यो देशको साझा दुश्मन हो। त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यहि कार्यक्रममा सहभागी हुँदैछु । राम्रो काम जसले गरेपनि सघाउनु पर्छ। देश भर यस्ता कार्यक्रम जहाँ जसले गरेपनि पार्टीको झण्डा, नारा नबोकी रास्वपा समर्थकहरू सकेसम्म सहभागी हुनु होला। भ्रस्टाचार विरुद्ध एक हौं,’ लामिछानेले भन्नुभएको छ ।

यसैगरी, नेपालका प्रमुख शहरहरू बिराटनगर, पोखरा, हेटौंडा, बुटवललगायतमा पनि आज प्रर्दशन हुँदैछ ।अमेरिका पठाई दिने भन्दै नक्कली भुटानी शरणार्थी बनाएर मोटो रकम असुलीको आरोपमा पूर्व गृहमन्त्री बालकृष्ण खाँडलगायत १२ जना पक्राउ परिसकेका छन् । पूर्व मन्त्री टोपबहादुर रायमाझी भने फरार रहेको अवस्थामा नागरिक समाजका बिभिन्न तप्काले आज प्रदर्शन गर्न लागेका हुन ।

यसअघि बुधबार बृहत् नागरिक आन्दोलनले काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेको थियो। उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न नेताहरूलाई कारबाही गर्न माग गरेका थिए।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...