3pl

पाइलटलको लापारबाहीले ‘एअर इन्डिया’ लाई ३० लाख जरिवाना

खबर चितवन

खबर चितवन

नयाँ दिल्ली । भारतको उड्डयन नियामक निकायले शुक्रबार ‘एयर इन्डिया’लाई ३० लाख भारतीय रूपैँया (३६ हजार ४९६ अमेरिकी डलर) जरिवाना गरेको छ ।

भारतीय निजी एयरलाइन्स ‘एअर इन्डिया’का विमान चालकले उडानका क्रममा आफ्ना साथीलाई ककपिटभित्र छिर्न दिएर सुरक्षा मापदण्ड उल्लङ्घन गरेको पाइएको हो ।

भारतीय नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए)का अनुसार दुबई–दिल्ली उडानका चालक दलका सदस्यले फेब्रुअरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान गरिएको थियो ।

डीजीसीएले पाइलटको लाइसेन्स पनि तीन महिनाका लागि निलम्बन गरेको छ ।उजुरीका आधारमा डीजीसीएले गत महिना निजी एयरलाइन्सलाई कारण देखाउ आदेश जारी गरेको थियो ।

अनुसन्धानको क्रममा डीजीसीएले पाइलटलाई सुरक्षा मापदण्ड उल्लङ्घन गरेकोमा दोषी ठहर गरेको थियो र सबै सह–चालकलाई उल्लङ्घन रोक्न दृढ बन्न निर्देशन पनि दिएको थियो । रासस/सिन्ह्वा

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...