रत्ननगर,३० बैशाख । रत्ननगर नगरपालिका वडा नं १० मा रहेको न्यू स्पिडी ईङ्गलिस बोडिङ स्कुलमा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने विषयमा छलफल भएको छ ।
विद्यार्थीका अभिभावक र शिक्षकहरु विच शैक्षिक गुणस्तर सुधारका विषयमा शनिवार छलफल भएको हो । छलफलमा आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरिएको छ ।
विद्यालयको शैक्षिक स्तर कसरी स्तरीय बनाउन सकिन्छ रु आजको संसारमाविद्यालयको जनशक्ति कसरी व्यवस्थापन हुन सक्छ रु समाज रुपान्तरणका लागि शैक्षिक संस्थाको दायित्व के हो रु लगायत विषयमा अभिभावक र शिक्षकहरुविच व्यापक छलफल भएको विद्यालय सञ्चालक समितिका अध्यक्ष डिल्लिराम पोखरेलले बताए ।
शैक्षिक गुणस्तर सुधारका विषयमा बोल्दै पोखरेलले पहिलेको भन्दा अहिले यस विद्यालयमा शिक्षाको गुणस्तरमा धेरै भन्दा धेरै सुधार आएको बताए । विद्यार्थीको सिकाइप्रति यस विद्यालयले सधै चासो र चिन्ता लिने गरेकाले शैक्षिक स्तरमा राम्रो उन्नती र प्रगति हुँदै गईरहेको उनको भनाई छ ।
विद्यार्थीलाई पठाई संगसंगै प्रयोगात्मक शिक्षण सिकाईमा विशेष जोडदिईरहेको उनले बताए ।विद्यालयका प्राचार्य अर्जुन बहादुर थापाले विद्यार्थीलाई स्कुल बाहेक घरमा पनि पढ्न मिल्ने वातावरण सृजना गरिदिन अभिभावकहरुलाई आग्रह गरे ।शैक्षिक गुणस्तरलाई अझ सुधार गर्नका लागि सबै कटिबद्ध भएर लाग्नुपर्नेबताए । सबैले आ–आफ्ना कमीकमजोरी औँल्याउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।
पढाईमा कमजोर भएका विद्यार्थीहरुका लागि डे होस्टेजको व्यवस्था मिलाएरछुट्टै कक्षाहरु सञ्चालन गर्ने उनले बताए ।प्राचार्य थापाले भने, ‘अभिभावक र सबैको साथ सहयोग रहने हो भने भनेचाँडै न्यू स्पिडी स्कुलको शैक्षिक गुणस्तर सुधारमा आमूल परिवर्तन आउने छ
।’
छलफल कार्यक्रममा, विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीका अभिभावकहरुको सहभागिता रहेको थियो । वि.सं.२०५० सालमा स्थापना भएको विद्यालयमा हाल ५ सय भन्दा बढी विद्यार्थीअध्यापनरत छन् ।
Discussion about this post