3pl Addiction Helpline America addictionhelplineamerica

धादिङ छुरा हत्या काण्ड : तीन जना सार्वजनिक

खबर चितवन

खबर चितवन

धादिङ,३० वैशाख । जिल्ला प्रहरी कार्यालय धादिङले छुरा हानेर हत्या गरेको आरोपमा पक्राउ परेका आमा छोरासहित तीन जनालाई सार्वजनिक गरेको छ ।

होटलमा खाजा खान आएका विनोद थापा मगरलाई हत्या गरेको आरोपमा गल्छीको शानदार होटल एण्ड लजकी सञ्चालिका सरस्वती पनेरु पण्डित, उनका छोरा निरज पण्डित र किरण रानालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई शुक्रबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बुधबार होटलमा खाजा खान आएका विनोद र होटल सञ्चालिका सरस्वतीबीच पैसाका कारण विवाद उत्पन्न भएपछि घटना घटेको थियो । उनका अनुसार पैसा लेनदेनको विषयमा सरस्वती र मृतक विनोदको सामान्य भनाभन भएको थियो । त्यसैक्रममा सरस्वतीले छोरा निरजलाई बोलाएपछि किरण रानालाई साथमा लिएर आएका थिए ।

प्रमुख प्रहरी उपरीक्षक मिश्रले भने, ‘विनोदलाई ५÷७ मुक्का प्रहार गरी निरजले साथमा ल्याएको फोल्डिङ वाला छुरा प्रहार गरी घाइते बनाएको अनुसन्धानबाट खुलेको छ ।’ विनोदको काठमाडौंस्थित नर्भिक अस्पतालमा वैशाख २८ गते बिहान उपचारको क्रममा मृत्यु भएको थियो ।

घट्नामा प्रयोग भएको छुरा घटनास्थलदेखि ३० मिटर तल त्रिशुली नदीतर्फ प्रहरीले फेला पारेको छ । ४७ वर्षीय आमा सरस्वती पनेरु पण्डित, २६ वर्षिय छोरा निरज पण्डित र पाल्पा तानसेन नगरपालिका १४ घरभई हाल गल्छी ८ बस्दै आएका ३० वर्षिय किरण रानालाई कर्तव्य ज्यान मुद्धामा धादिङ अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई अनुसन्धान भैरहेको प्रमुख प्रहरी उपरीक्षक मिश्रले बताएका छन् ।

पनेरुले केटीहरुलाई डर, त्रास, प्रलोभनमा पारी वेश्यावृत्ति लगाई मानव बेचबिखन गरेको उजुरीको आधारमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा समेत म्याद थप गरिएको एसपी मिश्रले बताए ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...