‘चित्तौन कचेहेरी’ को दोस्रो दिन आज ६ जना गजलकारले प्रस्तुति दिने

खबर चितवन

खबर चितवन

चितवन,३० वैशाख । हिजो देखि सुरु भएको ‘चित्तौन कचेहेरी’ मा आज १० वटा सत्र रहनेछन्। ‘विकास’ मा कहाँ छुटे आदिवासी, जब्बर जात व्यवस्थास् समाज अघि बढ्दै छ कि पछि रु, कसरी लेखिँदै छ चितवनमा आख्यान, मधेश र सत्ता, रैथाने भाषाको साहित्य, चितवनस् हिजो, आज र भोलि नामक सत्रमा बहस हुनाका साथै नाटक ’स्वप्नबयान’ को मञ्चन हुनेछ।महोत्सवको अन्तिम सत्रका रुपमा ६ जना गजलकारहरुले आफ्नो प्रस्तुति दिनेछन्।

सभ्य समाज निर्माणको लागि महोत्सव आयोजना गरिएको कचेहेरीका सह निर्देशक डा। जीवन क्षेत्रीले प्रकाश पारे। महोत्सवको आयोजना ६ वटा संस्थाहरूले गरेका हुन्। जसमा नारायणी कला मन्दिर, मन्थन चितवन, डबली द स्पेस, दलित युवा जागरण मन्च नेपाल, बेटर चितवन र युथ पोलिटिकल फोरम छन्।

चितवनको नारायणगढमा शुक्रवारदेखि सुरु भएको ‘चित्तौन कचेहेरी’ मा हिजो नौ वटा प्रस्तुति भएका छन्। फरक विचारको उत्सवको रूपमा आयोजना गरिएको कचेहेरीमा पहिलो दिन उत्पीडित र किनारीकृत समुदायको हक अधिकार र आत्मसम्मानको संघर्ष लगायत विषयमा गहन विचार विमर्श गरिएको छ।

नारायणी कला मन्दिरमा लेखक एवम् अध्येता राधा पौडेलको विद्धत प्रवचनबाट सुरु भएको साहित्यिक महोत्सवमा घर गाउँको सिंहदरबार: कति विकास, कति शासन ?, कृषिमा उद्यमशीलता: कर्म र मर्म, न्यायको लामो लडाइ, महिलामाथिको हिंसा: यथार्थ र भाष्य, नदी र भूमिगत जलाधारको दुर्दशा, यौनिक अल्पसंख्यक समुदाय: अस्तित्व र आत्मसम्मानको खोजी विषयमा छलफल भएको छ।

पहिलो दिन ८ वटा सत्रमा ३० जना वक्ताहरुले बहस र विमर्श गरे। २३ कविले कविता वाचनसमेत गरे। बहस र वक्ताहरुको विचारले चितवन र मुलुककै विभिन्न समस्या तथा सम्भावनाहरू उजागर गरेको महोत्सवकी निर्देशक सरिता तिवारीले बताइन्।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...