ईभरग्रिन ईको क्लबको आयोजनामा फोहोर ब्यबस्थापन तथा लामखुट्टे रोकथाम सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

खबर चितवन

खबर चितवन

भरतपुर,३० वैशाख । ईभरग्रिन ईको क्लब को आयोजनामा रत्ननगर न.पा.वडा नं ८ को सभा हलमा फोहोर ब्यबस्थापन तथा लामखुट्टे रोकथाम सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख अतिथि रत्ननगर-८ की वडा सदस्य सिता अधिकारी र क्लबका अध्यक्ष बिमल सुबेदीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

May be an image of 2 people, people studying, clothes iron, hospital and textप्रथम प्रस्तुति फोहोर ब्यबस्थापन शिर्षकमा क्लबका अध्यक्ष बिमल सुबेदीको रहेको थियो भने दोश्रो प्रस्तुति क्लबकी सदस्य श्री बबिता सुर्खालीको लामखुट्टे रोकथाम शिर्षकमा रहेको थियो ।

May be an image of 2 people, people studying, hospital and text
कार्यक्रम मार्फत फोहोरलाई घरमै कम्पोस्ट बनाएर, साथै प्लास्टिक, टिनका डिब्बाहरुलाई जम्मा गरेर कवाडीका मार्फत पुनः प्रशोधन गर्ने उधोगहरुसम्म पुर्याएर फोहोर ब्यबस्थापन गर्न सकिन्छ र लामखुट्टेको टोकाईबाट बच्नका लागी हाम्रो घर-टोल छिमेकमा सरसफाई गर्ने,पानी जम्न नदिई लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्छ भन्ने सन्देश प्रदान गरिएको थियो ।

May be an image of 9 people, people studying and text
कार्यक्रमका सहभागिहरुमाझ प्रस्तुतिकै बिषयहरुको प्रश्न सोधेर सहि उत्तर मिलाउनुहुने सहभागिलाई डस्टबिन, लामखुट्टे झुल र लेमन(ग्रासको बिरुवा पुरस्कार स्वरुप प्रदान गरिएको थियो । साथै, उक्त वडा ८ कार्यालय वरपरको फोहोर टिपेर सरसफाई पनि गरिएको थियो ।

May be an image of 7 people and grassक्लबका अध्यक्ष एव्म कार्यक्रमका सभापति बिमल सुबेदीले कार्यक्रममा साथ दिनुहुने रत्ननगर न.पा.वडा नं ८ तथा उक्त वडा अन्तर्गतका टोल सुधार समितीका सम्पूर्ण पदाधिकारी,स्थानियबासी र क्लबका सम्पुर्ण सदस्य साथीहरूलाई हार्दिक धन्यबाद तथा आभार प्रकटगर्नुका साथै, आउदा दिनहरुमा पनि वातावरण तथा प्रकृती संरक्षणका यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भयो ।कार्यक्रमलाई क्लबका सचिव शालिकराम पाठकले सहजिकण गर्नु भएको थियो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ...

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बु । सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने...

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी भाद्र ९, १० र ११ गते विहान ११...