काठमाडौं,३० वैशाख । आरजु राईस मिलकाे चामलकाे बिक्री सुरु भएकाे छ। बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतकाे लगानी रहेकाे आरजु राईस मिलबाट उत्पादन भएकाे चामलकाे बिक्री सुरु गरिएकाे हाे।
बस्नेतले लामाे समयदेखि किसानहरुलाई विराटनगरमा सयौँ बिगाहा जमिनमा कृषकहरुसँग मिलेर धान उत्पादन सुरु गरेका थिए। नेपालमा अझ साेही जमिनमा उत्पादन भएका धानलाई आरजु राईस मिलमार्फत प्याकिङ गरेर बिक्री गर्न सुरु गरिएको हो।उक्त मिलले जिरा मसिनाे र लङग्रेन चामल उत्पादन गरेकाे छ।
अहिले पनि लङग्रेन चामल भारतबाट ८० प्रतिशत आयात हुने गरेको छ। रामधानलाई प्रशाेधन गरि लङग्रेन चामल उत्पादन गरिएकाेले भारतीय उत्पादनकाे लङग्रेनभन्दा यो छाेटाे रहेकाे छ।
आरजु राईसले कनिका फ्रि उत्पादन गरिरहेकाे समेत जानकारी दिएकाे छ। ४ मेट्रिक टन प्रतिघन्टा चामल उत्पादन गर्ने क्षमता आरजु मिलकाे रहेकाे छ। माेरङका कृषक दिव्यराज खतिवडाले आरजु राईस मिलले कृषकलाई केही आशा थपेकाे बताए।
आरजु राईस मिलका कार्यकारी अध्यक्ष बस्नेतले नेपालका राईस मिलकाे समस्या हुँदा किसानकाे धान समेत बिक्री नहुने अवस्था रहेकाे बताउँदै अहिले आरजु राईस मिलले लिएर सहजीकरण गरेकाे बताए।
अहिले ४ हजार बिगाहा जमिनमा धान उत्पादन गरेर आरजु राईस मिलमार्फत आरजु चामल बिक्री सुरु गरिएको उनले बताए। अहिले लङग्रेन प्रतिकेजी १ सय ३० रूपैयाँ तोकिएको उनले जानकारी दिए। ‘सस्ताे मूल्यमा गुणस्तरीय चामल उपभोक्तामाझ लिएर आएका छौँ,’ बस्नेतले भने। बस्नेतले भारतकाे धान प्रयाेग नगर्ने समेत बताएका छन्। आरजु राईस मिललाई माेडलकाे रुपमा प्रयाेग गरिरहेकाेले अब यसलाई पूर्वमा मात्रै २ वटा मिल थप्ने याेजना रहेकाे उनले बताए।
Discussion about this post