3pl

मकवानपुरमा‘लम्पी स्कीन’बाट पशुचौपाया प्रभावित

खबर चितवन

खबर चितवन

बागमती,२९ वैशाख । मकवानपुर जिल्लामा केही दिनदेखि देखापरेको ‘लम्पी स्कीन’ रोगबाट हालसम्म ७३  गाई तथा गोरु मरेको छ । साथै तीन हजारभन्दा वढी गाई÷गोरु तथा वाछावाछी सो रोगवाट विरामी एवम् प्रभावित भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।

कार्यालयका अनुसार गत पुस १० गतेदेखि एक्कासी गाई र गोरुमा  देखापरेको लम्पी स्कीन रोगबाट मकवानपुर हालसम्म जिल्लाको गढी गाउँपालिकामा ६७ गाई, इन्द्र सरोवर गाउँपालिकामा तीन  गाई, र कैलाश गाउँपालिकामा तीन गाई  मरेका छन् ।

एक्कासी गाई गोरु तथा बाछाबाछीमा ज्वरो आउने, घाउखटिरा हुने, शरीरभरि फोका हुने, खान नरुचाउने र थलापर्ने जस्तो देखिएपछि त्यसको नमुना जाँचका लागि केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर काठमाडौँमा पठाइएको थियो । सो प्रयोगशालाले जाँच गर्दा जिल्लाका गाईगोरुमा लम्पी स्कीन रोगबाट प्रभावित भएको पुष्टि गरेको थियो ।

मकवानपुर गढीमा सबैभन्दा बढी प्रभावित भएपछि गाउँपालिकाले नमुना जाँचका लागि काठमाडौं लगेको थियो ।  गाउँपालिकाका पशु विकास शाखाका पशु विकास अधिकृत सत्यनारायण शाहले लम्पी स्कीन रोग विरुद्धको औषधि नभएकाले उपलब्ध औषधि र प्राविधिक खटाएर गाईगोरुका उपचार सुरु भएको जानकारी दिए ।

हाल एक हप्तादेखि सो लम्पी स्कीन रोग नियन्त्रणका लागि जिल्लाका सम्बन्धित निकाय र प्राविधिकसँग छलफल गरेको जनाइएको छ । रोग प्रभावित गाउँपालिकामा निःशुल्क सो रोगविरुद्ध खोप लगाउन सुरु भएको पशुसेवा कार्यालयका प्रमुख डा  परभात न्यौपानेले जानकारी दिए । रासस

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...