काठमाडौं,२९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच समसामयिक तथा राजनीतिक विषयमा छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर शुक्रबार सभापति लामिछानेले भ्रष्टाचार नियन्त्रणको अभियानमा आफ्नो सधै साथ हुने भन्दै सरकार ढल्छ कि भनेर चिन्ता नलिन आग्रह गरेका छन् ।
“भ्रष्टाचारका फाइल खोल्दा सरकार ढल्छ कि भनेर चिन्ता नलिनुस् भनेर मैले भनेको छु,” सभापति लामिछानेले भने, “अहिलेको छानबिन अघि बढाउनुस् र अरु फइलहरू पनि खोल्दै जानुस भनेको छु ।”
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले भिआइपीलाई पक्राउ गर्ने आँट गर्नु सकारात्मक रहेको भन्दै लामिछानेले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध सडकमा उत्रिने जानकारी गराउनुभएको थियो । जवाफमा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीलाई कारबाही गर्ने विषयमा निर्मम भएर लाग्ने बताउनुभएको छ।
“तपाईले तीन दलका नेताहरूको मात्र बैठक राख्दा त्यसले राम्रो सन्देश दिएको छैन,” लामिछानेले भेटपछि भने, “चौथो दल रास्वपा पनि छ । अरु दलहरू पनि छन् । उनीहरूलाई पनि समेट्दा त्यसले राम्रो सन्देश जान्छ ।”
Post Views: 180
Discussion about this post