पलको वास्तविक कहानीमा आधारित म्युजिक भिडियो सार्वजनिक

खबर चितवन

खबर चितवन

काठमाडौं,२९ वैशाख । पल शाह जेलबाट निस्केपछिको पहिलो म्युजिक भिडियो रिलिज भएको छ। लोकप्रिय गीत ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल भर्सनबाट पल म्युजिक भिडियोमा झन्डै डेढ वर्षपछि कमव्याक भएका हुन्।

फिमेल भर्सनमा लोकप्रिय गायिका अन्नु चौधरीको स्वर छ। शब्द अनि संगीत भने पुष्पन प्रधानको रहेको छ। त्यसो त, मेल भर्सनमा पुष्पनकै स्वर रहेको छ। आफ्नै निर्देशनमा मेल भर्सन बजारमा ल्याएका पलले फिमेल भर्सन पनि निर्देशन गरेका छन्।

फिमेल भर्सनको भिडियोमा पलले आफ्नै वास्तविक कहानीलाई देखाएका छन्। वास्तविक जीवनमा झैं भिडियोमा पनि पल केही कारणले जेल जान्छन् र झन्डै एक वर्षपछि रिहा हुन्छन्।

उनकै बाटो हेरेर पलकी प्रेमीकाले बाटो कुरेर बसेकि हुन्छिन्। पल जेलमा हुँदा उनकी प्रेमिकाले विभिन्न मठ मन्दिरमा गएर पूजा गर्छिन् । जब पल जेलबाट निस्किन्छिन्, तब खुशी हुँदै पलकी प्रेमिका अंगालोमा बाँधिएर रुन्छिन् । भिडियोको हेर्दा पल र पललाई जबर्जस्ति करणीको मुद्दा दायर गर्ने नाबालिक गायिकाको वास्तविक कथा दर्शकलाई आँखा अगाडि झलझली आउँछ।

भिडियोमा पलका अलावा कलाकार सनिशा भट्टराई फिचर्ड छिन्। पलको प्रेमिकाको रुपमा सनिशाको रोल छ। उनले निकै अब्बल अभिनय गरेकी छिन् ।

एकताका म्युजिक भिडियो किङ भनेर छवि बनाएका पलको नयाँ म्युजिक भिडियोको पर्खाइमा दर्शकहरु कुरेर बसेको थिए। अन्ततः दर्शकको प्रतिक्षाको घडी सकिएको छ। पललाई निर्देशनमा सान थापाले सघाएका छन्।

अर्जुन तिवारीले आकर्षक फ्रेममा भिडियो खिचेका छन्।भने, भिडियो सम्पादन चाहिँ सुप्रीम पराजुलीले गरेका हुन्। पलले आफ्नै युट्युब च्यानलबाट भिडियो रिलिज गरेका हुन् ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । सो शव सिमलतालमा पहिरोले बगाएको...

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

चितवन,२९ असार । शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न...

सिमलतालमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

सिमलताल दुर्घटना: नदीमा बेपत्ता बसको खोजी कार्य सुरु

चितवन,२९ असार । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ ।...

अक्षय कुमारलाई कोरोना संक्रमण

अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई  कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख...