3pl Addiction Helpline America addictionhelplineamerica

इन्डियन प्रिमियर लिग : कोलकातालाई राजस्थानले ९ विकेटले हरायो

खबर चितवन

खबर चितवन

काठमाडौं,२९ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ९ विकेटले हराएको छ । बिहीबार इडेन गार्डेनमा सम्पन्न खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो ।

उसका लागि वेंकटेश ऐरले सर्वाधिक ५७,कप्तान नितिश राणाले २२, रह्मनुल्लाह गुर्बजले १८ रन जोड्दा आन्द्रे रसेल र जासन रोयले समान १० रन बनाएको थियो ।राजस्थानका युजवेन्द्र चहलले चार विकेट लिए यस्तै ट्रेन्ट बोल्टले दुई विकेट लिदा सन्दीप शर्मा र केएम आसिफले समान एक विकेट लिए ।

जबाफि ब्याटिङ गरेको राजस्थानले १३.१ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो ।राजस्थानका यशस्वी जैशवाल ९८ रनमा अविजित रहे ।कप्तान सन्जु स्यामसनले ४८ रन बनाए ।

यो सगै राजस्थान १२ खेलमा १२ अङ्कका साथ तेस्रो स्थानमा उक्लिएको छ । कोलकाता १२ खेलमा १० अङ्कका साथ सातौँ स्थानमा छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...